४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी लडाकु शिविरहरूमा भएका भ्रष्टाचारको पनि तत्काल छानबिन गर्नुपर्छ: काँग्रेस सांसद राणा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन।

सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धी समस्याहरू रहेकाले त्यसको पनि छानबिन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका हुन । प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरू पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकिर गर्दै उनले त्यसलाई पनि छायाँमा पर्न सरकारले दिन नहुने बताए।

सांसद राणाले ललिता निवास प्रकरणको छानबिनको कामलाई सरकारले पुनःअघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरूलाई पनि सरकारले अघि बढाउनुपर्ने बताए।सांसद राणाले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएको बताए। 

प्रकाशित: १३ असार २०८० १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App