१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले आजको बैठकमा पनि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्ने

नेकपा एमालेले आजको संसद् बैठकमा पनि एक क्विन्टल सुन बरामद प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्ने भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठकमा एमालेले छानबिन समिति बनाउन माग गर्ने एमालेका सचेतक महेश बर्तौलाले बताए।  

यसअघि एमालेले साउन १० गतेदेखि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै दुइ संसद् अवरूद्ध गरेको थियो भने तीन बैठक सूचना टाँस गरेर स्थगित भएको थियो।  

मंगलबारको बैठकमा पनि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नगरेपछि संसद् पुनः अवरुद्ध भएपछि आजको लागि बैठक बोलाइएको हाे। आजको बैठकमा एमालेले समिति बनाउने माग गर्दै संसद् अवराेध गर्ने  तयारी गरेको हो। एमालेले भने सरकारले समिति नबनाएर आफैले सदन अवरोध गरेको आरोप लगाएको छ।  

'आजको बैठकमा पनि हाम्रो माग उही हो। सरकारले उच्च स्तरीय छानबिन समिति बनाउनै पर्छ।' एमाले सचेतक बर्तौलाले भने, 'सरकारले नै छनबिन समिति नबनाएर संसद् अवरोध गरिरहेको छ।। हाम्रो माग भनेको छानबिन समितिले सुन प्रकरणको छानबिन गरोस् भन्ने हो।'

सरकारको एउटा अनुसन्धान नसकी कुनै पनि हालतमा उच्चस्तरीय छानबिन समिति गठन नगर्ने र प्रमुख प्रतिपक्षले जसरी पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता गर्नुपर्ने अडानले संसद्को कारबाही करिब दुई सातादेखि रोकिएको छ।

उता, संसद्मा अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले आजको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।  बैठक संसद भवन बानेश्वरमा केही बेरमा बैठक सुरू हुँदै छ। बैठकमा प्रमुख प्रतिपक्षी दलसहित सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् ।

प्रकाशित: २४ श्रावण २०८० ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App