३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओली सरकारको गोलीले युवामात्र होइन, वाम आन्दोलन नै घाइते भयो: खतिवडा

नेपाली कम्युनिष्ट पार्टीका नेता जगनाथ खतिवडाले केपी शर्मा ओली नेतृत्वको सरकारले युवाहरूमाथि गोली चलाएर सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई बदनाम गरेको आरोप लगाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै खतिवडाले जेन जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेर भागेको भन्दै ओलीको व्यवहारले देशको वाम आन्दोलन नै बदनाम भएको बताए।

उनले भने, ‘देशमा एक–दुई वटा होइन, शक्तिशाली दलहरूको सरकार थियो। पर्याप्त बहुमतको सरकार थियो। कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री थिए। तर जनताले विद्रोह गरेर त्यो सरकार लखेटे।’ आन्दोलन चर्किँए पछि गृहमन्त्रीले  राजीनामा दिएको र प्रधानमन्त्री ओलीले भोलिपल्ट बालुवाटार छाडेको बताए। 

उनले भने ‘ आज हामीले भन्छौँ सरकारमा बसेकालाई दोष लाग्यो। तर इतिहासमा कम्युनिष्ट विरोधीहरूले केपी ओली भागे भनेर होइन कम्युनिष्ट भागे भनेर सम्झिने छन्।’ 

उनले नेकपा, प्रचण्ड वा माधव नेपाल भागेको नभई केपी शर्मा ओली मात्रै भागेको बताए। ‘ओलीको व्यवहारले देशको वाम आन्दोलनलाई गोली ठोक्यो। ओलीको सरकारले युवाहरुलाई गोली ठोक्यो, र त्यो यस्तो तरिकाले ठोक्यो कि कम्युनिष्ट नै बदनाम भए।’ खतिवडाले भने।   

प्रकाशित: १७ माघ २०८२ १६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App