९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सुन प्रकरणबारे एमालेले संसद्मा छानबिन समितिकाे प्रस्ताव गर्ने

फाइल तस्बीर

सुन प्रकरणबारे संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस प्रकरणको अध्ययन गर्न छानबिन समितिको प्रस्ताव गर्ने भएको छ।

आज बस्ने बैठकमा छानबिन समितिको बनाउने प्रस्ताव गर्ने   एमालेले जनाएकाे छ। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा एमालेले यस्तो सहमति गरेको हो।  

यसअघि बैठक सुरू भएदेखि नै अवरोध गर्दै आएको एमालेले आज भने सुरूमा संसद चल्न दिने र छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने सहमति भएको हो। 

एमालेकाे प्रस्तावमा सत्तापक्ष छानबिन समिति बनाउन सहमत भयो भने संसद बैठक चल्ने नभए अवरोध कायमै रहने एमालेले जनाएकाे छ। यसअघि साेमबार(हिजाे) का लागि तय भएको बैठक एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।

प्रकाशित: १६ श्रावण २०८० ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App