५ आश्विन २०८१ शनिबार
image/svg+xml

रेमिटेन्स ३ प्रतिशत मात्र कम

वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत मुलुकमा गएका नेपाली युवाको रोजगारी कोरोना महामारीका कारण खोसिएको, तलब र सुविधा घटेको र कतिपय अलपत्र परेको कारण देखाउँदै अर्थशास्त्रीले रेमिटेन्स आय २० प्रतिशतसम्म घट्ने दाबी गरेका थिए।

वैदेशिक रोजगारीमा श्रमिक, निरन्तर ज्यादती

वैदेशिक रोजगारीमा गएकाहरू यतिखेर मात्र समस्यामा परेका होइनन्। वर्षौंदेखि यस्तो क्रम जारी छ। तर अधिकांश घटनामा श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन सकेको छैन। श्रमिकमाथि ज्यादती गर्नेलाई कारबाही हुन नसक्दा यस्तो शृंखला जारी रहेको भुक्तभोगी बताउँछन्।

विदेश गएको एक वर्षभित्र फर्कनेलाई निःशुल्क

कार्यविधि तयार हुन ढिलाइ गरिएपछि चार्टर्ड उडानमार्फत ३५ हजार बढी महँगो हवाई भाडा तिरेर घर फर्कन बाध्य भएका छन्।

कामदारको साढे तीन करोड हिनामिना

कानुनविपरीत श्रमिकको रकम विदेश भ्रमण, गाडी खरिद तथा भवन निर्माणमा खर्च गरिएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।

लकडाउन अवधिमा विदेशमा ४५६ जनाको मृत्यु

वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीमध्ये लकडाउनको समयमा ४ सय ५६ जनाको मृत्यु भएको छ। तीमध्ये १ सय ९ शव विदेशमै अलपत्र परेको छ।

वैदेशिक रोजगारीमा गएका १ हजार २८८ नागरिक नुवाकोट फर्किए

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण भारत लगायत अन्य मुलुकमा रहेका १ हजार २ सय ८८ जना नागरिक गृह जिल्ला नुवाकोट आएका छन् ।

वैदेशिक रोजगार : मृतक तथा अशक्तका ३२ बालबच्चालाई छात्रवृत्ति

वैदेशिक रोजगार बोर्डले बैदेसिक रोजगारकाक्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिकका ३२ बालबच्चालाई छात्रवृत्ति प्रदान गरेको छ ।

अर्बौं लगानी, शून्य प्रतिफल

आठ सय ५४ मेनपावरले बैंक ग्यारेन्टीबाहेक वैदेशिक रोजगार विभागमा चार अर्ब ३१ करोड रूपैयाँ नगद धरौटी राखेका छन्। रोज ओभरसिजका सञ्चालक रामप्रसाद भान्तना आफ्नो पेसामा कसरी टिक्ने भन्ने तनावमा छन्। १३ जनालाई रोजगारी दिएका उनी चार महिनायता काम ठप्प भएपछि तनावमा परेका हुन्।

थोरै कामदार पठाउने मेनपावर खारेज नहुने

आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा लगातार सय–सय जनालाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर खारेजी नहुने भएका छन्।

मेनपावर नवीकरण अन्योलमै, निर्णय नभए पाँच सय बढी खारेज हुने

लगातार दुई आर्थिक वर्ष सयजनालाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर पाँच सय १३ छन्। यो संख्या अहिले सञ्चालनमा रहेका मेनपावरको दुई तिहाइ हाराहारी हो।

रेमिट्यान्स घटे के होला ?

कोरोना भाइरसको महामारीले रोजगारी गुमाएपछि तीन सातायता भारतबाहेकका मुलुकबाट करिब १४ हजार नेपाली घर फर्किएका छन्। यस अवधिमा देशका विभिन्न नाका प्रयोग गरेर भारतबाट घर फर्कनेको संख्या चार लाख हाराहारी रहेको अनुमान छ। अहिले फर्किएकाले चार्टर्ड हवाई उडान प्रयोग गरेका हुन्। अवरुद्ध अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएपछि रोजगारी गुमाएर ठूलो संख्यामा नेपाली विदेशबाट फर्कने अनुमान कायमै छ।

श्रमिक उद्धार कार्यविधि तयार, एक वर्ष नपुगी फर्कनेको खर्च कोषबाट

विदेशमा रोजगारी गुमाएकालाई उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि तयार पारेको छ ।

पाँच सय मेनपावर खारेजीउन्मुख

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले लगातार दुई आर्थिक वर्ष एक सय युवायुवती वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर खारेज हुने गरी वैदेशिक रोजगार ऐनको संशोधन प्रस्ताव गरेका थिए।

वैदेशिक रोजगारमा रहेका १ लाख २७ हजार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै फर्कने तयारीमा

खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन्। सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याइरहेको भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारीमा रहेका हुन्। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेका मध्ये ४ हजार २ सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्