१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

वैदेशिक रोजगार : मृतक तथा अशक्तका ३२ बालबच्चालाई छात्रवृत्ति

वैदेशिक रोजगार बोर्डले बैदेसिक रोजगारकाक्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिकका ३२ बालबच्चालाई छात्रवृत्ति प्रदान गरेको छ । रोजगारीका सिलसिलामा विभिन्न देश पुगेका बेला दुर्घटना वा अन्य कारणले ज्यान गुमाएका तथा अशक्त बनेका श्रमिकका ३७ बालबच्चालाई बोर्डले छात्रवृत्ति उपलव्ध गराएकामा ३२ जनाले मात्र सो छात्रवृत्ति पाएका हुन् । 

अन्य ५ छात्र/छात्राको ठेगाना नखुलेकाले छात्रवृत्ति रकम फिर्ता पठाइएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । बाबु/आमा गुमाएर वा बाबु/आमाको अशक्तताको कारण अभिभावकविहीन बनेका छात्र/छात्राको पठन–पाठनमा सघाउ पुर्‍याउने लक्ष्यका साथ बोर्डले आर्थिक वर्ष २०७६/०७७ मा सुरक्षित आप्रवासन परियोजनासँगको समन्वयमा छात्रवृत्ति उपलव्ध गराएको हो । 

बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ बमोजिम पीडित परिवारका कक्षा १ देखि कक्षा ८ सम्मका छात्रछात्रालाई जनही ८ हजार र कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत छात्रछात्रालाई जनही १२ हजारका दरले छात्रवृत्ति उपलव्ध गराएको जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कक्षा ८ सम्मका २८ जना र सोभन्दा माथिका ९ जना छात्रछात्राले छात्रवृत्ति पाएको कार्यक्रम संयोजक आचार्यले बताए ।  

वैदेशिक रोजगार बोर्डले श्रम स्विकृति लिएर विदेश गएको अवस्थामा करार अवधिमा मृत्यु भएका, अङ्गभंग वा अशक्त भएका तथा बेपत्ता भएका परिवारका बालबच्चाका लागि केही वर्ष अघिदेखि हरेक वर्ष शिक्षा विकास तथा समन्वय इकाईमार्फत छात्रवृत्ति रकम पठाउने गरेको छ । ‘छात्रवृत्तिका लागि समुदायस्तरका विभिन्न कार्यक्रम, विद्यालय तथा पालिकामा जानकारी गराएर सम्बन्धित परिवारसम्म सूचना पुर्‍याउने अभियान सामीले गरिरहेको छ,’ कार्यक्रम संयोजक आचार्यले भने, ‘यही आधारमा आप्रवासी श्रोत केन्द्रको सम्पर्कमा आएका विद्यार्थी र अभिभावकलाई आवश्यक कागजपत्र संकलनमा सहयोग गरि जिल्ला शिक्षा समन्वय इकाईमा पेश गर्ने काममा सहजीकरण गर्दै आएका छौँ ।’  

नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबिचको द्धि–पक्षिय सम्झौता बमोजिम हेल्भेटास नेपालको प्राविधिक सहयोेगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको छ । वैदेशिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउने क्षेत्रमा काम गर्दै आएको परियोजना बाल सेवा समाजको सहजीकरणका सञ्चालन भइरहेको छ ।

प्रकाशित: ११ श्रावण २०७७ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App