५ आश्विन २०८१ शनिबार
image/svg+xml

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ। सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो। गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेका छन्।

कतारबाट २० वटा शव नेपाल ल्याइयो

कतारबाट एकैदिन २० वटा शव नेपाल ल्याइएको छ। लक डाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि शव ल्याउन सकिएको थिएन।

श्रमिक उद्धारको खर्च सरकारले बेहोर्नुपर्ने

वैदेशिक रोजगारमा गएर समस्यामा परेका श्रमिकको उद्धार गर्दा लाग्ने हवाईभाडालगायतको सम्पूर्ण खर्च सरकारले बेहोर्नुपर्ने भएको छ। विदेशमा रोजगारी गुमाएका, सुत्केरी, महिला र अपांगलाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले निःशुल्क उद्धार गर्न आदेश दिएको हो।

सरकारभन्दा दूतावासको व्यवस्थापनमा भाडा सस्तो

रोजगारीका क्रममा विदेशमा महामारीजन्य समस्यामा परेका नेपालीलाई सरकारले निःशुल्क उद्धार गर्नुपर्ने कानुनी व्यवस्था छ। सरकारचाहिँ कोरोनाका कारण जोखिममा परेका नेपालीबाट महँगो शुल्क असुल्ने प्रयासमा छ।

उद्धारमा खर्च गर्नुपर्ने रकम मोजमस्तीमा

कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमणजस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ।

विदेशबाट फर्कनेको खर्च कसले बेहोर्ने ?

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३३ (ख) मा महामारीका कारण कामदार फिर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रहेको रकम प्रयोग गर्नुपर्ने उल्लेख छ ।

कमरेड ! यो देश हाम्रो पनि हो

तिम्रो नजरमा हामी नै अराष्ट्रिय ? हाम्रै पसिनाको रेमिट्यान्सका जगमा उभिएको तिम्रो सरकारको बजेटले हामीलाई हाम्रै देश लैजान किन आनाकानी ? हाम्रै पैसा खर्चेर क्वारेन्टाइन बनाउन केको आपत्ति ? हाम्रै कमाइबाट हाम्रो स्वास्थ्य परीक्षण गरिदिन केको कनकन ?

कोभिड–१९, वैदेशिक रोजगार र सरकारको नीति तथा कार्यक्रम

नेपालको अर्थतन्त्रको प्रमुख आधार वैदेशिक रोजगारी पनि हो। २३ अर्व भन्दा बढीको लगानी, ४२ लाख भन्दा बढी बेरोजगार युवा– युवतीहरुलाई वैदेशिक रोजगारमा ब्यवस्थापन कम चुनौतिपूर्ण छैन। करिव १६ हजार भन्दा बढी आन्तरिक रोजगारी र सोही ब्यवस्थामा आश्रीत अन्य ब्यवसाय र त्यसमा अन्तरनीहित करीव १२ हजारको रोजगारीको अवस्था यसको अर्को पाटो हो।

डाबर ईन्टरनेशनलद्वारा युएईका नेपालीलाई ३० लाख रुपैयाँ बराबरकाे राहत सहयोग

डाबर ईन्टरनेशनलले युएईमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुको सहयोगका लागि ३० लाख नेपाली रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको छ ।

वैदेशिक रोजगारी र निःसन्तानको समस्या

वैदेशिक रोजगारीबाट फर्किएकामा ठ्याक्कै यति नै समस्या छ भनेर कुनै तथ्यांक नभए पनि निःसन्तानसम्बन्धी सेवा प्रदायकहरु (निःसन्तान विशेषज्ञ) बीचको छलफलमा अण्डकोष वरिपरिको प्रतिकूल तापक्रम, लामो समयसम्म यौनसम्पर्कको अभावमा विर्य निर्माणमा गडबडी (कतिपयले अधिक हस्तमैथुन गर्ने तथा कतिपयमा लामो समय विर्य स्खलन हुन नपाउँदा), कतिपयले वैदेशिक बसाइको क्रममा दैनिक मद्यपानको सेवन, त्यस्तै परे निद्रा लाग्ने औषधिको सेवन, कामको तनाव, लामो समय विदेशमा चिन्ता, डिप्रेसन अनि कुण्ठाको समग्र प्रभावका कारण नेपाल फर्किएलगत्तै चाहेर पनि सन्तान प्राप्तिमा समस्या भइरहेको आँकलन छ ।

कुवेतमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । खोटाङको दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–२, सोल्माका नीरबहादुर राईको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्