coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

 कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ। सरकारले गत  ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो। गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १  सय ८ जना नेपाली घर फर्किसकेका छन्।

 मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट  ८ सय ९८ जना नेपालीहरु फर्किएका छन्। जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र  अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो।

 यस्तै बंगलादेशबाट २५८  जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना,  कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना  नेपाल फर्किएका छन्। यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन्।

 

प्रकाशित: ७ असार २०७७ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App