१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नक्कली साक्षी खडा गरिएको जिकिर

बाह्र वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अआलमपक्षीय कानुन व्यावसायीले आलमको बचाउका लागि बहस गर्दै बमकाण्ड घटना नै काल्पनिक भएको जिकिर गरेका छन्।

ट्रम्प निर्णयमा न्यायाधीशको अकुंश

ट्रम्पले प्रस्ताव गरेको नयाँ नियमअनुसार सम्पूर्ण आप्रवासीले अमेरिका प्रवेश गरेको ३० दिनभित्र स्वास्थ्य बीमा हुन्छ भनेर पुष्टि गर्न वा स्वास्थ्य हेरचाहका लागि खर्च उठाउन सक्छु भनेर प्रमाणित गर्न बाध्यकारी हुने थियो।

संविधानपछि बने १४१ कानुन

नयाँ संविधान जारी भएको चार वर्षमा मुलुकमा १ सय ४१ कानुन बनेका छन्। त्यसैगरी, केही नेपाल ऐन संशोधन विधेयकमार्फत ४ सय ३२ ऐन संशोधन भएका छन्। २०७४ फागुनपछि गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मात्रै ५७ विधेयक पारित गरेको छ।

प्रदेश १ को नाम पुसभित्र टुंग्याउने तयारी

प्रदेश नम्बर १ ले पुस महिनाभित्र प्रदेशको नाम टुंग्याउने भएको छ। त्यसका लागि गृहकार्य शुरु गरिएको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सबैको प्रस्तावलाई स्वीकार गर्दै सबैलाई मान्य हुने गरि नाम राख्ने तयारी थालिएको बताए।

‘अपराध गर्ने उम्कन पाउँदैन’

कार्यवाहक प्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले कानुनविपरीत काम गर्ने जोसुकै भए पनि कारबाहीको भागिदार हुने बताएका छन्।

खरिद कानुनमा नअटाएका कुरा

अंग्रेजीमा मिल्दो प्रसंग आउँदा खुबै दोह¥याइने भनाइ हो– वन साइज डज नट फिट अल। जसको अर्थ हो– एउटै तरिका वा उपाय सबै परिस्थिति र समस्याका सन्दर्भमा उपयुक्त हुँदैन। जसरी उस्तै जस्तो लाग्ने÷देखिने दुई जनालाई पनि उत्रै साइजका लुगा जिउ नै नापेर सिलाएझैं ठ्याक्क मिल्दैन।

क्रसर 'डन' अगाडि राज्य निरीह

देशैभरी सञ्चालनमा रहेका मापदण्ड विपरितका क्रसरलाई मापदण्डमा ल्याउन सरकारले नविकरण रोकेको बेला सिरहामा कानुन मिचेर नयाँ क्रसर उद्योगलाई अनुमती दिएको पाइएको छ। घरेलु तथा साना उद्योग कार्यालय लहानले कर्जन्हा नगरपालिका–७ मा कमलामाई क्रसर उद्योगलाई कानुन मिचेर नयाँ दर्ता दिएको छ।

कानुन सबैलाई समान : अदालत

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

यसरी परे आफताब कानुनको फन्दामा

बम विस्फोटमा घटनास्थलमै दुईजनाको मृत्यु भएको र अन्य थुप्रै मानिस घाइते भएकोमा घाइतेमध्ये ६ जनालाई जिउँदै जलाएको आरोप आफताबमाथि लागेको छ।

ऐन कानुन मिचेर स्थानीय सरकारको करोडौं खर्च

नगरपालिकाले कर समयमा दाखिला नगरेको, आम्दानीका अभिलेख तोकिएबमोजिम नराखेको लगायतका व्यहोरा देखिएको प्रतिवेदनले ठहर गरेको छ।

पाकिस्तानसँगको कानुनी संघर्षमा भारतीय राजपरिवारको जित

लन्डनको एउटा अदालतले बेलायतको एउटा बैंकमा राखिएको चार अर्ब ८६ करोड नेपाली रुपैयाँ (तीन करोड ५० लाख पाउन्ड) पाकिस्तानलाई नभई भारतको एउटा राजपरिवारका वंशजलाई दिइनुपर्ने फैसला सुनाएको छ।

स्वेच्छिक मृत्यु : कुनै दिन पाउनेछ कानुनी मान्यता

कथाबाट सुरु गरौं– एकजना बूढो मान्छे जंगलमा दाउरा खोज्न गएछ । दाउराको भारी बोकेर फकि{ंदा उसलाई निकै थकाइ लागेछ । भोक र थकाइले ग्रस्त बूढाले दाउराको भारी डिलमा बिसाएर खुइ्यय गद{ै भनेछ, ‘मलाई काल पनि आएन ।’ यति भन्न नपाउँदै उसका अगाडि काल आएर ‘लौ लिन आएँ’ भन्यो । अनि बूढाले हात जोड्दै भनेछ, ‘साह्रै थकाइलाग्दो मुखबाट फुस्किएछ, अब चाँडै नातिको बिहे हुँदै छ । बिहे सकिएपछि लिन आउनु है !’

‘संसद् निलम्बन गैरकानुनी’

बेलायतको सर्वोच्च अदालतले संसद् निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कदम ‘गैरकानुनी’ भएको फैसला गरेको छ।

संविधानपछि बने १ सय ४१ कानुन

संविधानसभाबाट नयाँ संविधान जारी भएको चार वर्षमा रूपान्तरित संसद् र संघीय संसद्ले १ सय ४१ कानुन निर्माण गरेको छ । त्यसैगरी, केही नेपाल ऐन संशोधन विधेयकमार्फत ४ सय ३२ ऐन संशोधन भएका छन् । २०७४ फागुनपछि गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चारओटा संसद् अधिवेशनमा ५७ विधेयक पारित गरेको छ ।

कानुनी शासन कहिले ?

सरकारले तोकेभन्दा बढी शुल्क लिएकामा त्यो ३० दिनभित्र फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज सहमत भएको छ। यससँगै ३ हप्ता लामो विद्यार्थी आन्दोलन स्थगन भएको छ। जिल्ला प्रशासन कार्यालयको पहलमा भएको यो सहमति गर्दैगर्दा विद्यार्थीले आन्दोलन फिर्ता लिएका छैनन्। केवल स्थगन गरेका हुन्। यसको अर्थ विद्यार्थीलाई कलेज व्यवस्थापनप्रति अझै आशंका छ। आन्दोलनरत विद्यार्थी प्रकाश चन्दले प्रस्टै भनेका छन्, ‘सहमति हुँदैमा कार्यान्वयन भइहाल्छ भन्ने विश्वास छैन, कार्यान्वयन भएन भने फेरि आन्दोलन अघि बढाउँछौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्