७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘अपराध गर्ने उम्कन पाउँदैन’

विराटनगरमा आयोजित शुभकामना कार्यक्रममा सहभागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता ईश्वर पोखरेललगायत। तस्बिर : चुमन बस्नेत/नागरिक

विराटनगर – कार्यवाहक प्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले कानुनविपरीत काम गर्ने जोसुकै भए पनि कारबाहीको भागिदार हुने बताएका छन्। विराटनगर विमानस्थलमा गौर घटनाबारे पोखरेलले पत्रकारसँग शुक्रबार भने, ‘कानुनभन्दा कोही पनि माथि हुँदैन, त्यसकारण सबैले सोच्नुपर्छ। अपराध गर्ने जोकोही होस्, उम्कन पाउँदैन। त्यसतर्फ सरकार गम्भीर र सचेत छ।’ गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा माओवादीबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो। यो घटना फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा भएको आरोप छ। यादव अहिले उपप्रधानमन्त्री छन्।

त्यस्तै राजपुर बम विस्फोटका आरोपित महम्मद आफताब आलमलाई राजनीतिक पूर्वाग्रहका आधारमा नभई प्रमाणका आधारमा कारबाही अघि बढाइएको उनले बताए। ‘आलमलाई कुनै राजनीतिक आस्था वा विचारका आधारमा पूर्वाग्रही भएर सरकारले कारबाही गरेको होइन’, उनले भने, ‘त्यो कुरा सबैले बुझ्नुपर्छ। आलमका विरुद्ध किटानी जाहेरी र सबुत प्रमाण फेला परेको र त्यसका आधारमा उनीमाथि कारबाही अघि बढेको हो।’

पार्टी एकताका विषयमा पार्टीका दुई शीर्ष नेताबीच विवाद नभएको उनले दाबी गरे। ‘फरक पृष्ठभूमिबाट आएको हुनाले पार्टीभित्र बहस हुनु सामान्य हो। त्यसलाई विवाद भन्न मिल्दैन,’ उनले भने। सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कुनै सम्झौता नभएको उनले बताए। आवश्कताअनुसार दुवै अध्यक्षले पार्टीको जिम्मेबारी लिन सक्ने भन्दै उनले सरकारको नेतृत्व गर्ने विषयमा पार्टीभित्र संस्थागत रुपमा अहिलेसम्म कुनै छलफल नभएको बताए।

पार्टीका सदस्य अनुशासनमा नबसे कम्युनिस्टलाई विपक्षीले ढाल्नै पर्दैन, आफैं ढल्छ। –पुष्पकमल दाहाल, नेकपा अध्यक्ष

सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कुनै सम्झौता भएको छैन। – ईश्वर पोखरेल, नेकपा नेता

विराटनगर नै पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टलाई कसैले ढाल्नुनपर्ने आफैं ढल्ने बताएका छन्। शुक्रबार नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले पार्टीका सदस्य अनुशासनमा नबसे विपक्षीले ढाल्नै नपर्ने, आफैं ढल्ने स्पष्ट पारे।

उनले सोभियत संघको उदाहरण दिँदै विश्वका ठूला देशमा कम्युनिस्टको शासन पुँजीवादीले सेना लगाएर समाप्त पारेको नभई आफ्नै कारणले समाप्त भएको स्मरण गराए। उनले चिनिया“ कम्युनिस्ट पार्टीले १० करोड सदस्यमार्फत डेढ अर्ब जनसंख्यालाई सन्तुष्ट पारिरहेको तर नेपालमा नेकपाका ८ लाख सदस्य कोही पनि एउटै लक्षमा केन्द्रित नभएको बताए। उनले भने, ‘नेकपाका ८ लाख सदस्य ८ लाखै दिशातर्फ फर्केका छन्।’ कम्युनिस्ट शासन टिकाइराख्न चीनको जस्तो देश अनुकूल विचार अनुशरण गर्नुपर्ने र विचार अनुकूल अनुशासनमा रहनुपर्ने उनको भनाइ छ। ‘विचार र अनुशासनले मेल नखाए पार्टी समाप्त हुन धेरै समय लाग्दैन’, उनले भने। पार्टीलाई सुदृढ बनाउन एक ढिक्का भएर अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए। पार्टी एकता कसैको क्षणिक स्वार्थ, कुनै समूहको स्वार्थ र व्यक्तिगत आकांक्षा पूरा गर्न नगरिएको उनले स्पष्ट पारे। पार्टी एकता जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले गरिएको उनको दाबी थियो।

पार्टी एकताका सबै काम चा“डै टुंगिने दाहालले स्पष्ट पारे। ‘पार्टीका दुवै अध्यक्ष बसेर एकताका सबै काम चा“डै टुंगोमा पु¥याउने तयारी गरिरहेका छौं’, उनले भने, ‘प्रधानमन्त्री फर्केपछि एकताका सबै प्रक्रिया टुंग्याउ“दैछौं।’ पार्टी एकतापछि एकले अर्कोलाई चिन्नुपर्ने र विश्वास दिलाउनुपर्ने बेला आएको उनले बताए। पछिल्ला समय केही गतिविधिहरु भएको र त्यसले पार्टीभित्र घुन, पुतली लगाउने प्रयास भइरहेकाले पार्टी एकता भएको देख्न नचाहने केही तŒवलाई जवाफ दिनुपर्ने खाँचो रहेको धारणा उनको थियो। वैचारिक रुपमा अझै पनि मतभेद ल्याउने प्रयास भइरहेको उनले बताए। उनले भने, ‘पार्टी एकतालाई अप्ठेरो मानेको जस्तो, नगर्न पाए हुन्थ्यो जस्तो गरियो भने त्यो जस्तो आत्मााती अरु केही हुँदैन।’

सो कार्यक्रममा नेता पोखरेलले पनि सम्बोधन गरेका थिए। उनले बाहिर जेसुकै हल्ला चले पनि पार्टी एकता तलमाथि नहुने दाबी गरे। पोखरेलले पार्टी एकतालाई कहा“बाट उधार्न सकिन्छ भनेर दाउ हेर्नेहरूलाई ३० वर्ष शासन गरेर देखाइदिने चुनौती पनि दिए।

प्रकाशित: ९ कार्तिक २०७६ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App