३ मंसिर २०८१ सोमबार
image/svg+xml

डा.केसी अस्पताल भर्ना

‘डिस्चार्ज लिएर’ बाढीपीडितको उपचार गर्न सप्तरी पुगेका डा.गोविन्द केसी स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं फर्किएर अस्पताल भर्ना भएका छन्। आइतबार साँझ फर्किएसँगै ‘सिभियर’ पेटको दुःखाइपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

भूकम्पले भत्काएको रसुवा जिल्ला अस्पताल २७ महिनादेखि टेन्टमा

महाभूकम्पले भत्काएको जिल्ला अस्पताल पुनःनिर्माण हुन नसक्दा २७ महिनादेखि टेन्टमै सञ्चालन भइरहेको छ। सदरमुकाम धुन्चेस्थित जिल्लाको एक मात्र अस्पताल समयमै पुनर्निर्माण हुन नसक्दा २७ टेन्टमा सीमित भएको हो।

अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समस्या

जिल्ला अस्पाल तेह्रथुममा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनसँगै बिरामी भएर आउनेहरूको संख्या समेत बढेको अस्पतालले जनाएको छ ।

डा. केसीको समर्थनमा अस्पताल बन्द

चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा रोल्पाकाका चिकित्सकहरूले आपतकालीन सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। डाक्टर केसीको मागप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले यसो गरेका हुन्।

त्रिवि शिक्षण अस्पताल : एउटै शय्यामा चार जना बिरामी

नुवाकोट बेलकोटका ३२ वर्षीय लक्ष्मण कँडेल गत बुधबार त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भेटिए। बिहानदेखि कान दुखेर पीप बगेपछि  उनलाई पत्नीले अस्पताल पुर्‍याएकी थिइन्।

१४ घण्टापछि घाइते अस्पतालमा

नौ जनाको घटनास्थलमै ज्यान जानेगरी भएको डोटी जीप दुर्घटनाका ७ जना घाइतेहरूलाई १४ घण्टापछि उपचारका लागि अस्पताल पुर्‍याइएको छ । घटना शुक्रबार राती १० बजे भएको थियो । स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धारपछि राती १ बजे घाइतेहरूलाई दिपायल स्थित सुजंग अस्पतालका लागि ल्याउन थालिएको थियो।

त्रिशुली अस्पतालमा फार्मेसी सेवा सञ्चालन

नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा फार्मेसी सेवा सञ्चालनमा आएको छ । नेपाल सरकारको निर्णय अनुसार सरकारी अस्पतालले आफैँले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएकोले नेपाल सरकारकै पाँच लाख रुपैयाँको सहयोगमा अस्पतालले फार्मेसी सेवा सञ्चालनमा ल्याइएको हो ।

शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ‌ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका छन्। डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै बाध्य भएर ओपिडी सेवाबाट अलग हुनेपरेको डा कस्चेभ श्रेष्ठले जानकारी दिए।

मेघराज अस्पताल भर्ना, बुधबार शल्यक्रिया

आर्थिक अभावले शल्यक्रिया गराउन नसक्दा पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य ५ वर्षे बालक मेघराज कोइरालाको काठमाडौंमा उपचार सुरु गरिएको छ। काठमाडौं मोडेल अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएपछि बालकलाई आइतबार साँझ काठमाडौं पुर्‍याइएको थियो।

अस्पताल पुग्न भ्याउँदैनन् दुर्गमका बिरामी

सामान्य रुघा खोकी लाग्दासमेत गाउँमा सिटामोल पाइँदैन । सरकारले स्वास्थ्य चौकीबाट ४० किसिमका औषधि निःशुल्क प्रदान गर्छ तर स्वास्थ्य चौकीमा कर्मचारी भेट्नै मुस्किल छ ।

सुधारको बाटोमा वीर अस्पताल

जर्जर र अस्तव्यस्तको पर्याय बनेको मुलुककै जेठो वीर अस्पताल सुविधा सम्पन्न हुने बाटोमा अग्रसर बनेको छ। ६ सय ५० शऒ्ढयाको सर्जिकल ब्लकसहित नयाँ भौतिक पूर्वाधार निर्माण प्रक्रियामा रहेको वीरमा अत्याधुनिक उपकरण र नयाँ सेवासमेत थपिएको छ।

हवाई कम्पनीले नटेर्दा एक वर्षदेखि साउदी अस्पतालमा

पछिल्लो एक वर्षयता नवलपरासी, रुपौलिया–७ छिवलीकी जयकुमारी अधिकारीले नयाँ मान्छे भेट्नेबित्तिकै आग्रह गर्छिन्– मेरा पतिलाई घरसम्म ल्याउन सहयोग गर्नुपर्‍यो। उनले जसलाई भने पनि अहिलेसम्म ‘हेरौंला, सहयोग गरौंला’ भन्ने आश्वासनबाहेक कुनै सहयोग पाएकी छैनन् । डेढ वर्षअघि साउदी अरेबिया गएका पति गोविन्द उतै बिरामी परेर आउन नसकेपछि जयकुमारीले सहयोग गर्ने निकायमा बसेका सबैसँग याचना गरिरहेकी छन्।

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना हुनुभएको पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट घर फर्किएका छन्।

नाफामूलक अस्पतालले अनुदान पाएनन्

ठूला नेताका नाममा खुलेका राजधानीका ठूला निजी र सामुदायिक अस्पतालले पहिलो पटक सरकारले दिने अनुदान पाएनन्। निजी तथा सामुदायिकका नाममा नाफामूलक अस्पताललाई मनपरी अनुदान बाँड्ने प्रवृत्तिमा रोक लागेसँगै ती अस्पतालले अनुदान नपाएका हुन्।

आफै बिरामी 'सवारी अस्पताल'

चार वर्षअघि टेकुमा स्थापना भएको 'कम्प्युटराइज्ड' सवारी परीक्षण केन्द्रका उपकरण सञ्चालनमा नआउँदै बिग्रिएर थन्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्