१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल

राजनीतिक दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरेका घोषणापत्र/प्रतिबद्धतापत्र मतदातालाई भ्रम छर्ने दस्तावेजका नमूना बन्ने देखिएका छन् । वर्षौदेखि उस्तै योजना र सपना अघि सार्दै भोट माग्दै आएका दलहरूले यस पटकको चुनावमा पनि आफूहरूले तयारी पारेका घोषणापत्रमा ठूला ठूला विकास, रोजगारीमूलक कार्यक्रम, तथा आर्थिक उन्नतीका योजनाहरू अघि सारेका छन् ।

तीन दलको घेरामा सिटौला

सातौंपटक चुनावी मैदानमा ओर्लिएका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको चुनावी  समीकरण उनैलाई पनि अत्याउने खालको छ।

मौन दलित !

नेपालको संविधान, २०७२ घोषणापछि नेपालको दलित आन्दोलन पूूर्णरूपमा रक्षात्मक अवस्थामा पुगेको छ । दलित अधिकारका लागि क्रियाशील विभिन्न राजनैतिक दलका भ्रातृसंगठनहरू र दलित नागरिक समाजका केही कोठे छलफल, सेमिनार, गोष्ठीबाहेक अन्य राज्यलाई दबाब दिने खालका दबाबमूूलक गतिविधि केही देखिएको छैन । यदि कुनै अधिकार कागजमा लेखिन्छ तर त्यसको व्यवहारमा अभ्यास हुुँदैन भने त्यो अधिकार प्राप्त नभए सरह हो ।

क्षेत्रीय दल छाड्दै एमाले कांग्रेसमा

मधेसका प्रभावशाली नेता हृदयेश त्रिपाठी २०४८ सालदेखि चुनावी मैदानमा छन् । २०४८ सालपछिका तीन चुनावमा मधेस केन्द्रीत नेपाल सद्भावना पार्टीबाट उम्मेदवार बनेका त्रिपाठी पछिल्ला दुई चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट उठे । आफ्नै अग्रसरतामा स्थापना भएको  तमलोपासहित मधेसका ६ दल एक भई राष्ट्रिय जनता पार्टी गठनपछि निस्क्रियझैं रहेका त्रिपाठीले त्रिवेणी सुस्ता पश्चिमको नवलपरासी—१ बाट एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरे । त्रिपाठीले कुनै बेलाको कट्टर विरोधी दल एमाले रोज्नुको कारण हो, विजयको आशा । किनभने एमालेको सहयोगबिना नवलपरासी—१ मा जित्न मुस्किल छ।

कोही दोहोर्‍याउने कोही बदला लिने दाउमा

वाम गठबन्धनको ठूलो दलबलसहित बिहीबार उम्मेदवारी दर्ता गराएका माओवादी नेता कृष्णबहादुर महराले दाङबाट दोस्रोपटक जित्ने लक्ष्य राखेका छन् । पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट विजय भएका उनी अहिले दुई नम्बर (साविक ३) बाटै प्रतिनिधिसभा प्रवेशका लागि प्रतिस्पर्धामा छन् । २ नम्बर चुनावी क्षेत्रबाट महराले २०६४ को जितको इतिहास कायम गर्ने लक्ष्य लिइरहँदा कांग्र्रेसका राजु खनालले २०७० को आफ्नो सुखद परिणामलाई कायमै राख्ने रणनीतिमा लागेका छन् । यो क्षेत्रमा महराका प्रतिस्पर्धी खनाल हुन् । २०७० को संविधानसभा पछिल्लो निर्वाचनमा खनाल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यी दुवै नेता आफ्नो विगतको चुनावी जित दोहोर्‍याउने रणनीतिमा छन्।

तीन दलले सुर्खेतमा उम्मेदवार टुङ्ग्याए

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख तीन राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसले पूर्व मन्त्रीदेखि वर्तमानमन्त्रीलाई उम्मेदवार बनाएको छ ।

नेपाल बदल्ने कसरी ?

भारतीय उद्योगपति अडानी समूहविरुद्ध अस्ट्रेलियामा लगातार प्रदर्शन भइरहेको छ । अडानी समूहले अस्ट्रेलियामा कोइला खानी उत्खनन गर्न खोजिरहेको छ ।

अंशवण्डाको विवादले बुबाको हत्या

अंशवण्डाको विवादमा आफ्नै छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको छ। जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २० स्थित रेडक्रस टोलमा घर भएका हिरालाल महतोको छोराको कुटाईबाट मृत्यू जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

चितवन दुईमा ‘घाम’ कि ‘बादल’ ? टुगिंनै गाह्रो !

दशैंयताको मौसम र आउँदो निर्वाचनमा चितवनको क्षेत्र नं. २ मा वामपन्थी गठबन्धनबाट उम्मेद्वार हुने व्यक्तिको चर्चा एकै खालको छ । मौसम कहिले घाम कहिले बादल भए झै सो क्षेत्रमा कहिले घाम अर्थात् चुनाव चिन्ह सूर्य भएको एमाले पार्टीका कृष्णभक्त पोखरेलले टिकट पाएको खबर आउँछ भने कहिले बादल उपनाम भएका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा उठ्ने पक्का भयो है भन्ने हल्ला चल्छ ।

पूर्वसांसदले बाँडेका १० अर्बका योजना रद्द

पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्द हुने भएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पूर्वसांसदको नामबाट छुट्याएका सम्पूर्ण योजना रद्द गर्न निर्वाचन आयोगले सरकारलाई आइतबार निर्देशन दिएको हो।

दलहरूले बुझाए अन्तिम बन्दसूची

राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनसहित आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । आइतबार राति अबेरसम्म पनि दलका नेता तथा उनका सहयोगीहरू आयोगका कोठाकोठा बसेर बन्दसूची सच्याउने काममा व्यस्त थिए । यसले दलहरूको समयमै काम नगर्ने पारा फेरि एकपटक उदांगो भएको छ।

टिकट लोभले दलबदल तीव्र

प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा दलबदल तीव्र बनेको छ । पार्टी फेर्नेमा धेरैजसो दोस्रो चरणको निर्वाचनमा टिकटको आकांक्षा राख्ने छन्। एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम २ नम्बर प्रदेशमा बढी देखिएको छ । केही दिनअघि मात्र राजपाबाट फोरम लोकतान्त्रिकमा प्रवेश गरेका विमल श्रीवास्तव आगामी शुक्रबार संघीय फोरममा प्रवेश गर्ने भएका छन् । बुधबार उनले आफू संघीय फोरममा प्रवेश गर्ने जनाए।

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी झालाई यसअघि पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् । निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झा क्रमसंख्या १५ मा परेकी छन्।

दलको रोजाइमा परेनन् महिला

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ धादिङबाट पुरुषमात्रै भिड्ने भएका छन्। जिल्लामा क्रियाशील सबै दलले आइतबार मनोनयन दर्ता गराए पनि महिलाको नाम समावेश हुन सकेन।

दलको अग्निपरीक्षा

नेपालको राजनीतिक इतिहासमा धेरैभन्दा धेरै राजनीतिक परिर्वतन भएको छ । वि.सं. २००७ सालबाट जहानिया राणा शासनको अन्त्य भएपश्चात जनता र राजाको संयुक्त पहलबाट प्रजातान्त्रिक व्यवस्थाको उदय भए तापनि राणाहरूकै राजनीतिक देखासिकी र एकाधिकारवादको अध्ययनको प्रभावले राजाहरूले आफ्नै प्रत्यक्ष प्रभावमा राज गर्नबाट वञ्चित हुन सकेनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्