१४ आश्विन २०८१ सोमबार
image/svg+xml

टिकट नपाएपछि दलमा असन्तुष्टि

केन्द्रीय नेताले टिकट नपाएपछि विभिन्न पार्टीमा असन्तुष्टि देखिएको छ । टिकट नपाएका नेतामध्ये केहीले टिकट पाउन अन्तिम समयसम्म दौडधूप गरेका थिए । अन्तिम समयमा टिकट खोसिएपछि उनीहरूले पार्टीमा मूल्यमान्यता मिचिएको गुनासो गरेका छन् । टिकट नपाएकामध्ये अधिकांशले सार्वजनिक रूपमा असन्तुष्टि नपोखे पनि अनौपचारिक रूपमा नेतृत्वप्रति गुनासो गरेका छन् ।

बहुरूपी दलका आ–आफ्नै डम्फु

योग्य र अयोग्य, राम्रो र नराम्रो, गर्न हुने र नहुनेका बीचको विभाजनरेखा पूरै मेटिएको छ । सत्तास्वार्थको एउटै जुवामा साह«ै नै अमिल्दा राजनीतिक गोरूहरू नारिएको दृश्य आम हुन पुगेको छ ।

वाम दलबीच चुनाव क्षेत्र बाँडफाँट गृहकार्य

एमाले र माओवादी केन्द्र गठबन्धनको संयुक्त कार्यदलले पहिलो चरणमा ३२ जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । कार्यदलमा पहिला मंसिर १० गते पहिलो चरणमा चुनाव हुने निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सहमति भएको छ ।

दलहरूको तयारी भद्रगोल

राजनीतिक दलहरूले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा समानुपातिकतर्फको बन्दसूची दर्ता भद्रगोल बनेको छ । आइतबार राति अबेरसम्म दलका नेताहरू निर्वाचन आयोग परिसर तथा कोठामा भेला भएर बन्दीसूचीलाई अन्तिम रुप दिने कोसिस गर्दै गरेको अवस्थामा भेटिए।

पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँट गरेका छन् । आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन्। निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लंघन हुने भए पनि आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुनेगरी उनीहरुले योजना पेस गरेका छन्।

५५ दलले बुझाए समानुपातिक सूची

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगमा बन्दसूची दर्ता गराउने कार्य राति अबेरसम्म जारी छ । ५५ दलले बन्दसूची बुझाउने भएको आयोगले जनाएको छ । मंसिर १० र २१ मा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूले अलगअलग सूची बुझाएका हुन्।

समानुपातिकमा ५२ दलद्वारा उम्मेदवारको बन्दसूची पेश

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आइतबार बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ।  मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आइतबार बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को ७ प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बिलाउँदै साना दल

चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ । संसद्मा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन् ।

धर्म निरपेक्षतामा दलित

केही दिनअघि यसै नागरिक दैनिकमा नेपालका वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ तथा पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलले संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्र नेपाललाई अफाप सिद्ध भएको र यी तीनै कुरा खारेज गर्दै शाहवंशीय बेबी किङ स्थापित गर्दै नेपाललाई हिन्दू राष्ट्र बनाउने कुराको वकालत गरेको पढियो । हुनत यी दुई विद्वान्हरूले भन्दैमा त्यस्तो परिवर्तन तत्काल नहोला, तर नेपाली कांगे्रसले पनि बेला बेलामा बेबी किङको कुरा गर्ने र त्यसमा एमाले र माओवादी पनि मौन बस्दा कतै राजतन्त्र त फर्किने होइन भन्ने शंका जाग्नु अन्यथा होइन ।

दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो।

दलितभित्रैका समस्या

नेपाली समाजको संरचना यसै पनि विभिन्न सामाजिक ‘लेयर÷तह’मा विभक्त छ । जातीय भेदभावले हाम्रो सभ्यतालाई सयौँ वर्ष पछाडि धकेलेको छ । यो ‘एनजिओ’को भ्वाइस होइन, आम नेपाली दलितले आजसम्म भोगेको यथार्थ हो ।

परिवार दलद्वारा तीनबुँदे सहमति अनुमोदन

नेपाल परिवार दलको केन्द्रीय कार्य समिति बैठक चितवनमा सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालले ४ दिनअघि दिवंगत आमाको क्रिया बसिरहेको स्थानमा बसेको केन्द्रीय समिति बैठकले नेकपा एमाले र परिवार दलबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको हो ।

वीरगन्जको मुहार बदल्ने योजना पुस मसान्तभित्र सम्पन्न गर्न मेयरको निर्देशन

निर्धारित समयभन्दा १६ महिना ढिलो हुँदा पनि सम्पन्न गर्न २० प्रतिशत काम अझै बाँकी रहेको ‘मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना’को काम आउँदो पुस मसान्तभित्र सक्न वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले निर्देशन दिएका छन्। योजना कार्यन्यवन गर्ने कार्यालय, परामर्शदाता कन्सल्टेन्ट विज्ञहरु र अन्य सरोकारवालासँग छलफलपछि पुस मसन्तभित्र काम पूरा गर्ने गरी तीब्रता दिन उनले निर्देशन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्