१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सोलुखुम्बुमा तीन दलद्वारा उम्मेदवार सिफारिस

सोलुखुम्बुमा प्रमुख तीन दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेका छन् । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सोलुखुम्बुले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् ।

एमालेद्वारा कार्यदल अनुमोदन

एमालेले पार्टी एकता संयोजन समिति, निर्वाचन क्षेत्र बाँडफाँट तथा घोषणापत्र निर्धारण गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र तथा अन्य राजनीतिक दलबीच निर्वाचन क्षेत्र बाँडफाँट र संयुक्त घोषणापत्र तयार गर्न गठित कार्यदललाई अनुमोदन गरेको हो ।

भुवानीप्रसादले फलाए दश किलोको घिरौँला

फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाको घिरौँला फलेको छ।  साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भने, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन।”

६ दलीय गठबन्धन, सिट संख्या बाँडफाँट आज

नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो शनिबार साँझसम्म लगाउने भएका छन् ।

उम्मेदवार छान्दै सिन्धुका दल

दसैं अवधिभर चुनाव केन्द्रित छलफल र बैठकमा व्यस्त सिन्धुपाल्चोकमा क्रियाशील राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेदवार छनोट र सिफारिस थालेका छन् ।

स्थानीय तहमा यस्तो छ दलीय हैसियत

३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी जनप्रतिनिधि नेकपा एमालेका विजयी भएका छन् । एमालेपछि ठूलो संख्यामा विजयी हुने जनप्रतिनिधिमा क्रमशः नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका रहेका छन् ।

चार दललाई गोलाकारभित्रको हँसिया हथौडा

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर साना दल चुनावी मैदानमा उत्रने भएका छन् ।

उम्मेद्वार छान्दै सिन्धुका दल

दशैँ अवधिभर चुनाव केन्द्रीत छलफल र बैठकमा व्यस्त सिन्धुपाल्चोकमा क्रियाशील राजनीतिक दलहरूले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेद्वार छनोट र सिफारिस गर्न थालेका छन्।

शुभकामना आदनप्रदान माध्यम बदलियो

सामाजिक सञ्जालको प्रयोग बढ्दै जादा मोबाइल एसएमएस आदनप्रदान घट्दै गएको छ । चाडपर्वको अवसरमा शुभकामना आदनप्रदान गर्न अत्यधिक प्रयोग हुँदै आएको मोबाइल एसएमएस गत वर्षभन्दा यो वर्ष घटेको हो ।

बदला लिन पक्राउ

आवरणमा देवनारायण यादव र उनका छोरा अजयलाई अपहरणको मुद्दा लगाए पनि पक्राउ गर्नुको अन्तर्निहित तथ्य सीमा बचाऔं आन्दोलनमा लागेर भारतीय पक्षसँग प्रतिकार गरेबापतको बदला नै हो ।

गठबन्धनको उम्मेदवार निर्धारण कार्यदल गठन

नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले उम्मेदवार चयनका लागि सात सदस्यीय कार्यदल बनाएको छ ।

कांग्रेस नेतृत्वमा ६ दलीय गठबन्धन

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् ।

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ।

बाम गठबन्धनपछि कांग्रेस पनि अन्य दलसँग बैठक बस्दै

निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणा भएलगत्तै सत्तारुढ दल नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठक बुधबार बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसिरहेको छ ।

प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवार छान्दै जुम्लाका दल

आसन्न मंसिर १० गते हुन लागेको प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा उम्मेदवारको टुंगो लगाउन दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्