१४ आश्विन २०८१ सोमबार
image/svg+xml

तीन दलको तालमेल घोषणामा कसले के भने ? (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीले जनताको आकांक्षा र राजनीतिक आवश्यकताका कारण एकताबद्ध पार्टी बनाउन सहमत भएको बताएका छन्।

रोल्पामा दलहरू उम्मेदवार टुंगो लगाए

दसैं सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन् ।

प्रदेश चुनावमा एमालेले अन्य दलसँग तालमेल गर्दै

नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो ।

परिवार दलले राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा नेपाल परिवार दलले राष्ट्रवादी शक्तिसँग एकता गर्ने भएको छ। दशैँको सिलसिलामा चितवन पुगेका पार्टी अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशभक्ति भावना नभएका राजनीतिक शक्तिले चुनाब जिते मुलुकले दुर्दशा भोग्नुपर्ने बताए।

डा.केसीसँगको सहमति लत्याउँदै चिकित्सा शिक्षा विधेयक पारित गर्न तीन दल एकठाउँ

केदारभक्त माथेमा कार्यदलको सिफारिस र डा.केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक जसरी पनि पास गर्न प्रमुख दल एक ठाउँमा उभिएका छन्। सम्बन्धनको पर्खाइमा रहेका कलेजलाई बाटो खोल्न प्रमुख दुई दल एमाले र माओवादी केन्द्र एकै ठाउँमा उभिएसँगै अप्ठेरोमा परेको सरकार नेतृत्वकर्ता कांग्रेस पनि विधेयक पारित गर्ने कुरामा लचिलो देखिएको छ।

राजनीतिमा पहुँच बढाउँदै दलित महिला

सप्तरीको सुरुंगा नगरपालिकामा नवनिर्वाचित उपमेयर बिन्दाकुमारी पासवान दलित समुदायबाट प्रतिनिधिमूलक अनुहार हुन् । ४५ वर्षीया पासवान नेपाली कांग्रेसको टिकटमा उपमेयरमा निर्वाचित भएकी हुन् । एमाले उम्मेदवार सबिना डोटेल (बाहुन) लाई ३२ मतअन्तरले हराएर चुनाव जितेकी पासवानलाई यो जित कुनै सपनाभन्दा कम लाग्दैन । ‘हामीजस्ता गरिब, दलितका लागि चुनावमा उठ्नु र जित्नु पक्कै पनि कुनै सपनाभन्दा कम हुँदैन’, मंगलबार नागरिकसँग उनले भनिन्, ‘पार्टी र सर्वसाधारण मतदाताको विश्वासले चुनाव जितेजस्तो लाग्छ ।’ उनका पति शिवनारायण सुरुंगा नगरपालिकाको एक वडाका कार्यालय सहयोगी हुन् । सामान्य लेखपढ गर्न जानेकी पासवान २०४८ सालदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय छिन् । महिला बालबालिकाका हितमा काम गर्ने ‘पारालिगल कमिटी’, गाउँको विवाद गाउँमै मिलाउने उद्देश्यका साथ काम गर्ने ‘मेलमिलाप समिति’, स्थानीय शान्ति समितिलगायत संस्थामा आफू सक्रिय रहेको उनी बताउँछिन् । उनले युनिसेफ ‘डकाउ’ कार्यक्रममा पनि काम गरेकी छिन् ।

कांग्रेस खुम्चिँदै, मधेस केन्द्रित दल प्रभाव बढाउँदै

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मधेस केन्द्रित दलहरू उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रभाव र पकड कायम गरेका छन् । ती मधेस केन्द्रित दलले वर्चस्व कायम गर्दा प्रदेश नम्बर २ मा परम्परागत शक्ति मानिँदै आएको कांग्रेसको स्थिति कमजोर हुँदै गएको तथ्यांकले देखाएको छ ।

राजनीतिक दलको सदस्य प्रदेश प्रमुख बन्न नपाउने

सरकारलाई गैर राजनीतिक व्याक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव सिफारिस गरिएको छ। अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंरचना निर्देशक समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको मापदण्डमा राजनीतिक दलको सदस्य नभएको व्याक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव गरेको हो।

दलका पुराना बर्चश्व भत्कायो चुनावले

महानगरपालिका वीरगन्ज, ३ नगरपालिका र १० गाउँपालिका सहित १४ स्थानीय तह भएको पर्सा जिल्लाको स्थानीय तह चुनावको नतिजाले प्रदेश नम्बर दुईको अबको राजनीतिक अनुहार कस्तो हुने भन्ने कुरा बिम्बित गरेको छ।

भत्किए दलका पूराना ‘गढ’

०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा जिल्लामा  सहज रुपमा विजय हासिल गरेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा ‘स्वीकार्न असहज हुने’ नतिजा आउला भन्ने सायदै सोचेको थियो । तर, ‘औरही’ गाउँपालिकामा कांग्रेसको परम्परागत राजनीतिक ‘गढ’ तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणामले भत्काइदिएको छ ।

सात स्थानीय तह जित्दै राजपा बन्यो महोत्तरीमा ठूलो दल

महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको छ। पिपरा गाउँपालिका र मनरासिस्वा नगरपालिकामा बाँकी रहेको मतगणना परिणामा आइतबार बिहान सम्पन्न भएपछि जिल्लाको १५ वटै स्थानीय निकायको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किरण पोख्रेलले बताएका छन्।

प्रमुख दल प्रदेश र संघको चुनाव तयारीमा

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै प्रमुख राजनीतिक दल प्रदेश र केन्द्रको निर्वाचन तयारीमा जुटेका छन् । प्रदेश र केन्द्रको निर्वाचन एकैपटक तर दुई चरणमा मंसिर १० र २१ गते तोकिएको छ।

दलका प्रतिनिधिबाट मतपत्र बचाउन रौतहटमा तारजालीको प्रयोग

रौतहटमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई घन्टा समय बाँकी छँदै ६२ देखि ८८ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको छ। मतदानको काम सकिँदै गर्दा गौर नगरपालिकाको मतगणना तयारी सुरु भएको छ। गौरको मतगणना रौतहट जिल्ला समन्वय समितिको कार्यालयमा गर्ने तयारी गरिएको छ।

गणतान्त्रिक मण्डले दल १, २, ३...!

अहिलेका सबै दलहरूलाई रोल नम्बर दिए हुन्छ । उदाहरणका लागि, गणतान्त्रिक मण्डले दल १, २, ३ इत्यादि । सत्ता, प्रतिपक्ष र संसद्मा गणतान्त्रिक मण्डले दल मात्र छन् ।

चेल्सीलाई बदलाको अवसर

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आइतबार प्रिमियर लिगमा आर्सनलविरुद्धको खेल गत सिजन एफए कप फाइनलमा हारेको बदला लिने राम्रो अवसर भएको बताएका छन् । गत सिजन प्रिमियर लिग र एफए कप गरी दोहोरो उपाधि जित्ने लक्ष्यमा रहे

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्