१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कमला हेमचुरी


कमला हेमचुरीका लेखहरु :

हिसिलाः क्रान्तिकारीदेखि प्रथम महिलासम्म

मृत्युु या मुक्ति मात्र विकल्प रहेको दीर्घकालीन जनयुद्धको यात्रामा लाखौँ नेपाली उत्पीडित जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरूपमा समर्पित भई बलिदानीपूूर्ण संघर्ष गर्न नेपाली समाजका युवा पंक्तिलाई शीर्षस्थ नेतृत्वले प्रेरित गरे ? यी कुरा सोच्दा लाग्छ. यसको नेतृत्व पंक्ति उच्च आदर्श र नैतिकताले भरिएका होलान् !

दलित कमरेडहरू अब कता?

डा. निर्मल विश्वकर्मा ओलीका अत्यन्त वफादार दलित नेता (हाल सांसद) का आफन्त परेकाले दक्षिण अफ्रिकाका राजदूत बनाइएका हुन्।दलित आयोगमाएउटा प्रदेशको मुख्यमन्त्रीको कृपापात्रलाई अध्यक्ष बनाइएको छ। हिरालाल विश्वकर्मालाई राजाको सेवा गरेबापत मन्त्री बनाइए जस्तै।

मुखमा जबज, बगलीमा दलाल पुँजीवाद

नेपालको राजनीतिक इतिहासमा मदन भण्डारी एकदमै सम्मानित नाम हो जसले यहाँका कम्युनिस्ट भन्नेहरूलाई जनताको हुदलीय जनवाद(जबज) भन्ने अमृत वचन दिएर गए। जुन उनी पछिका नेताहरूलाई सत्ता सुखभोग गर्ने र जनता झुक्याउने औजार बन्यो। मैले तत्कालीन एमालेका साथीहरूबाट जबजसम्बन्धी उनीहरूको बुझाइ थाहा पाउन खोजें तर धेरैजसो मध्यम स्तरीय कार्यकर्ताले दृष्टिविहीनले हात्ती छामेर त्यसको वर्णन गरेजस्तै जवाफ दिए। उनीहरूले मदन भण्डारीजस्तो महान् नेताले प्रतिपादन गरेको सिद्धान्त भएको हुँदा जबजलाई गायत्रीमन्त्रकै रूपमा लिएको देखियो।

मार्क्सवाद र दलित मुक्ति

मेरो जन्म, हुर्काइ र पढाइ पञ्चायतकालमा भए तापनि पञ्चायती व्यवस्था हाम्रो हितमा छैन भन्ने चेत तत्कालीन समयमा भूमिगतरूपमा आउने वामपन्थी नेताहरूका प्रशिक्षणबाट थाहा पाएकी थिएँ । किनभने उनीहरूमध्ये धेरैले हाम्रो पाल्पाको घरमा सेल्टर लिन्थे, हामीले पकाएको खान्थे । जातका हिसावले उनीहरू उपल्लो जातकानै हुन्थे । यसरी हाम्रै घरमा आएर हामीले पकाएको खाएर जाने वामपन्थी नेताहरूप्रति हाम्रो सम्मान बढ्नु र उनीहरूको छुवाछूत विरोधी समानताको व्यवहारले हामी प्रभावित हुनु स्वाभाविक थियो । काठमाडौंँ आएपछि वामपन्थी विद्यार्थी राजनीतिमा सक्रिय भएँ । कैयौँ वरिष्ठ नेताहरूबाट प्रशिक्षण लिएंँ । ती सबै प्रशिक्षणको सार माक्र्सवादी विचारधारालेनै आमदलित÷उत्पीडितहरूलाई मुक्ति दिलाउँंछ भन्ने थियो ।

आधुनिक जंगबहादुर

जंगबहादुरले १०४ वर्षसम्म आफ्ना परिवारका लागि शासन सुनिश्चित गरेका थिए भने ओलीले कमसेकम ३० वर्षका लागि ग्यारेन्टी गरेको देखिन्छ।

महिला, धर्म र संस्कृति

मानव सभ्यताको विकासको क्रममा मानव चेतना र श्रमले सृजना र निर्माण गरेका जे जति पनि कुरा छन् ती सबै संस्कृति हुन् । धर्म संस्कृतिको एउटा हिस्सा हो । सभ्यताको विकास क्रमसँगै मानवले निर्माण र विकास गरेका संस्थाहरूमध्ये धर्म पनि एउटा संस्था हो।

मानिस ठूलो–सानोजातले हुँदैन

नेपालमा उत्पीडनमा परेका जनजातिहरू, अल्पसंख्यक र दलितहरूले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, २१ मार्चलाई विविध कार्यक्रमसहित मनाउँदै आएका छन्। यो दिवसलाई नेपालका उत्पीडित जात तथा जनजातिहरूले एकातिर दक्षिण अफ्रिकामा रंगभेदी गोरा सरकारले काला जातिहरूमाथि गरेको नरसंहार, दमन अन्याय, अत्याचारको विरुद्धमा आफ्नो ऐक्यबद्धता प्रस्तुत गर्ने उद्देश्यले गर्छन् भने अर्कोतर्फ आफैँमाथि नेपाली समाजमा भइरहेको दमन र शोषणविरुद्ध राज्य तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले मनाउने गर्छन्।

योग्य छैनन् दलित ?

शेरबहादुर देउवाको नेतृृत्वमा रहेको वर्तमान कामचलाउ सरकारले अस्थायी राजधानीको घोषणा र प्रदेश प्रमुख नियुुक्ति गरेको छ । धेरै लामो प्रतीक्षापछि गरेको यो निर्णयले पक्कै पनि राजनीतिक गतिरोधलाई एक हदसम्म सम्बोधन गरेको छ । अस्थायी राजधानी नतोकिँदा र प्रदेश प्रमुख नियुक्त नहुँदा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचन भइसकेपछि पनि सरकार बनाउन अवरोध सृजना भइरहेको थियो । त्यसैले यो सरकारको पहललाई ढिलै भए पनि सकारात्मक रूपमा लिनैपर्छ । यसले राजनीतिक गतिरोधको अन्त्य भएको संकेत गरेको छ।

हिंंसाविरुद्ध अभियान र देवी

नेपाललगायत विश्वभर महिला हिंसाविरुद्ध सोह्र दिने अभियान जारी छ । महिला अधिकारका क्षेत्रमा कार्यरत महिला सुुन्तला रंगको पछ्यौरा ओढेर यस वर्षको अभियानको नारा ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ’ सहित गोष्ठी र छलफलमा व्यस्त छन् ।

मौन दलित !

नेपालको संविधान, २०७२ घोषणापछि नेपालको दलित आन्दोलन पूूर्णरूपमा रक्षात्मक अवस्थामा पुगेको छ । दलित अधिकारका लागि क्रियाशील विभिन्न राजनैतिक दलका भ्रातृसंगठनहरू र दलित नागरिक समाजका केही कोठे छलफल, सेमिनार, गोष्ठीबाहेक अन्य राज्यलाई दबाब दिने खालका दबाबमूूलक गतिविधि केही देखिएको छैन । यदि कुनै अधिकार कागजमा लेखिन्छ तर त्यसको व्यवहारमा अभ्यास हुुँदैन भने त्यो अधिकार प्राप्त नभए सरह हो ।

अजित हत्याले र धार्मिक संकट

काभ्रेपलान्चोकस्थित पाँचखाल नपा–६ का हरिभक्त ढकाल (मिजार)को छोरा १७ वर्षीय अजित मिजारको काभ्रेकै ज्याम्दी–८ का ध्रुव पराजुली (ब्राह्मण) की १८ वर्षीया छोरी कल्पनासँग दुई वर्षदेखि प्रेम थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्