कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने
प्रतिनिधि सभाले कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानुनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको हो।