८ वैशाख २०८१ शनिबार
राजनीति

२१ सदस्यीय मस्यौदा समिति गठन गरिंदै

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ लाई संशोधन गर्नका लागि २१ सदस्यीय समिति गठन गरिने भएको छ।

सभामुख देवराज घिमिरेले आइतबार प्रमुख तीन दलसँगको छलफलपछि २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्ने सहमति भएको हो। प्रतिनिधिसभाको नियमावली २०७५ मा रहेका केही प्रावधानलाई हेरफेर गर्ने तयारी भएको संसद् सचिवालय स्रोतले बतायो।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा रहने सदस्यको नाम सभामुख घिमिरेले सोमबारको संसदको बैठकबाट सुनाउने छन्। नियमावली संशोधन मस्यौदा समिति गठन भएपछि समितिले दिएको प्रतिवेदनका आधारमा नियमावली संशोधन गरिनेछ ।

प्रकाशित: १० माघ २०७९ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App