१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षकलाई नियम विपरीत शाखा प्रमुख

नारायण नगरपालिका दैलेखले शिक्षकलाई नगर शिक्षा शाखाको जिम्मेवारी दिएको खुलेको छ। सरस्वती माध्यमिक विद्यालय तर्ताङका शिक्षक हिमालयजंग शाहलाई नगरपालिकाले शिक्षा नियमावली विपरीत ४ वर्षदेखि शाखा प्रमुखको जिम्मेवारी दिएको पाइएको हो।

शिक्षा नियमावली २०२८ बमोजिम शिक्षकलाई शाखा प्रमुख बनाउने सम्बन्धी कुनै प्रावधान छैन। शिक्षक शाहलाई राजनीतिक पहुँचको आडमा नगरपालिकाले पढाउन रोकेर शिक्षा शाखा प्रमुखको तलब भत्ता खुवाइ रहेको छ। शिक्षा ऐन र नियमावलीमा शिक्षकलाई गाउँ/नगर शिक्षा शाखाको जिम्मेवारी दिने भनेर कतै उल्लेख गरेको छैन।

नगरपालिकामा शाखा अधिकृत तहको विद्यालय निरीक्षकमा पूर्णप्रसाद उपाध्याय हाजिर भइसकेका छन्। नियम र कानुनअनुसार उपाध्याय शाखा प्रमुख हुनुपर्ने हो तर शाहले राजनीतिक आडमा अझै शाखा प्रमुखको हैसियतमा काम गरिरहेका छन्। नगरस्तरीय कक्षा ८ को लब्धांक पत्रमा शिक्षा शाखा अधिकृतको हस्ताक्षर हुनुपर्नेमा शिक्षक हिमालयजंग शाहले आफ्नो हस्ताक्षर गरेसँगै विवादित भएका हुन्।

आफ्नो दरबन्दी रहेको विद्यालयमा नगएर नगरपालिकाको पहुँचमा अटेर गरेर बसेको सरोकारवालाले बताएका छन्। शाह नगरपालिकामा ४ वर्ष रहँदा धेरै कुरामा विवादित भएका छन्। शाहलाई यो आवसम्म काम गर्न दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताए।

उनले नगरका ६ देखि १२ कक्षासम्मका विद्यालयले वितरण गर्ने स्यानिटरी प्याड कोटेसन नगरी निश्चित सप्लायर्ससँग मिलेमतो गरी विद्यालयलाई खरिद गर्न लगाएका थिए। स्यानिटरी प्याडमा खुला प्रतिस्पर्धा नगरी निश्चित सप्लायर्सबाट आर्थिक हिनामिना गरेको आरोप शाहलाई लागेको छ।

त्यस्तै नारायण नगरमा विद्यालय नर्स कार्यक्रममा आफ्ना छोरीहरूलाई जागिर लगाएको र राजनीतिक पहुँच भएकाहरूलाई नर्समा छनोट गरेको आरोप लागेको छ।  

प्रकाशित: २२ जेष्ठ २०७९ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App