काम पूरा नगरी भुक्तानी माग्न गएपछि...
अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन्।
अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन्।
दिगो विकास लक्ष्यका सबै १७ वटै सूचक र नेपाल आफैंले निर्धारण गरेका उपसूचक पनि सन्तोषजनक देखिँदैनन्।
डेढ वर्षदेखि वन मन्त्रालय मातहतका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा वन निगम र राष्ट्रिय ताल संरक्षण विकास समितिमा कार्यकारी पद खाली छ। यसैगरी राष्ट्रपति चुरे तराई मधेस संरक्षक विकास समितिमा पनि एक पद खाली छ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय, प्रदेश र स्थानीय तीनै सरकार मुलुकको विकास निर्माणमा लागेको बताए।
खाद्यान्नतमा पाँच वर्षको अवधिमा आत्मनिर्भर र १० वर्षमा करिब ५ प्रतिशत बचत गर्ने लक्ष्य रणनीतिको छ। तर पछिल्ला तथ्यांकले कृषि बस्तुको आयात बर्सेनी बढेको देखाएको छ।
खाद्यान्न उत्पादनमा आफूलाई १ नम्बर साबित गर्दै निर्यातमा समेत अब्बल देखिएका भियतनाम, दक्षिण कोरिया, जापान सबैले भूमि सुधारलाई कृषि सुधारको पहिलो र अभिन्न अंगका रूपमा कार्यान्वयनमा ल्याएका थिए।
मुगु जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगुमकामरोङ्ग गाउँपालीकामा हिमपातले विकास निर्माणका काम प्रभावित भएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले धेरै पटक सार्वजनिक खरिद ऐन संशोधन गरिँदा आर्थिक गतिबिधिहरु प्रभावित भएको बताएका छन्। सल्लाह सुझाव बिना एकलौटीरुपमा खदिर ऐन र नियमावली संशोधन गरिँदा विकास निर्माण नै ठप्प भएको उनले बताए। कपिलवस्तु निर्माण व्यवसायी संघले तौलिहवामा राखेको नौं साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ।
मुलुकमा पुनः एकपटक पुँजीगत बजेट खर्च भएन भनेर हल्लाखल्ला मच्चिएको छ। यो नियमित आकस्मिकता हो। २००८ सालमा सुवर्णशमशेरले बजेट जारी गरेउप्रान्त नेपालमा पुँजीगत बजेट खर्चको प्रवृत्ति प्रायः सबै आर्थिक वर्षमा समान छ। पहिलो ६ महिनामा १० देखि २० प्रतिशत जति खर्च हुने, दोस्रो चौमासिक अवधिमा करिब ३० प्रतिशत खर्च हुने र असारसम्ममा अर्को ३० प्रतिशत खर्च भई कुल लक्ष्यको अधिकतम् ८० प्रतिशतसम्म खर्च हुने कुरा सबैलाई जगजाहेर छ। तथापिपहिलो अर्धवार्षिक अवधि पूरा हुने संघारमा आइपुग्दा पनि खर्च कम भएपछि समाचार बन्ने नै भयो।
तीव्र प्राविधिक रूपान्तरण भविष्यमा आर्थिक विकासको प्रमुख आधार बन्नेछ। राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी तहमा अत्याधुनिक प्रविधिले नयाँ–नयाँ अवसर सिर्जना गर्नाका साथै नयाँ चुनौतीका पहाड पनि ठड्याएको छ।
नेपाल, भारत, भुटान र बंंगलादेशका व्यवसायी, पर्यटनकर्मीले चारदेशीय पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्। चारै देशका प्रतिनिधिले पर्यटनका लागि साझा हितको एउटा संस्था निर्माणमा जोड दिए।
विकासको मुख्य पूर्वाधार मानिने सडक निर्माणलाई जिल्लाका सबै स्थानीय तहले पहिलो प्राथमिकतामा राखेका छन्। हिउँद लागेसँगै पुराना ट्र्याकको मर्मत तथा स्तरोन्नति र नयाँ ट्र्याक खन्ने काम तीव्र गतिमा भइरहेको छ।
जिल्लाको दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलको गुम्देल खोलामा लाच्छोर र क्यामालाई वडा केन्द्रसम्म जोड्ने गरी निर्माण थालिएको मोटरेवल पुल ४ वर्ष बित्न लाग्दा पनि अझै बन्न सकेको छैन। पुल निर्माणका लागि ४ वर्षमा जग बनेता पनि जगकै कामसमेत अधुरो रहेको छ।
भेरी नदीमाथि पुल नहुँदा साबिकको घुमखहरे गाविसबाट सहारे आउन दुई घण्टासम्म पैदल यात्रा गर्नुपथ्र्यो। भेरीको जंघार तर्ने क्रममा जोखिम मोल्नुपथ्र्यो। अहिले आँपसोतीमा पुल बनेपछि दुई घण्टाको यात्रा १० मिनेटमा झरेको छ भने जोखिम पनि टरेको छ।