९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

रेशम चौधरीको क्षेत्रमा विकास बजेट निकासा गर्न कोमल ओलीको माग

काठमाडौं– कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ।

बुधबारको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गरेकी हुन्। 

‘रेशम चौधरी जेलमा रहेको अवस्थामा त्यस क्षेत्रको स्थानीय साझेदारी विकास कार्यक्रम अन्तर्गतको बजेट ६ करोड रोकिएको छ। त्यसकारण  जनता साह्रै दुःखी भएको अवस्था छ। गतवर्ष मैले उक्त क्षेत्रको बजेट विनियोजन गर्ने मौका पाएको थिए’ उनले भनिन्,‘त्यसकारण जनताले पटक पटक मर्लाइ भनेको अवस्था छ। त्यहाँका जनताका लागि भएपनि बजेट वक्तव्यमा आएको रकम तुरुन्त निकासा होस भन्दै सम्बन्धित मन्त्रालय, नेपाल सरकार र यस सदनलाई जनकारी गराउँदै रकम विनियोजन होस भनी सरकारको ध्यानाकर्षण गराउँछु।’

टिकापुर घटनामा दोषि देखिएपछि चौधरी जेलमा रहेका छन्। उनले अतिथि देवो भवको संस्कारलाई अर्थतन्त्रसँग जोडेर जनजीवन उकास्ने समय आएको समेत बताइन्। 

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले उखु किसानहरुको विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन्। उनले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको सट्टा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित पार्ने गरि एने ल्याएको भन्दै चिन्ता व्यक्त गरिन्। 

प्रकाशित: १६ पुस २०७६ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App