१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अभिनेता शाहले गराए नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ। यसअघि एक गायिकाले दुवै ठाउँमा शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

अदालतको शाैचालय भत्काएर भागेका हत्या आरोपी पक्राउ

‘भारतीय सीमा क्षेत्र र निकुञ्ज जोडिएका जंगलका कारण हुन अपराध रोक्न योजना अनुरुप प्रहरी परिचालन गरिएको छ’ प्रहरी प्रमुख शाहीले भने,‘स्वीप,एम्बुस र स्वीपिङ जस्ता अप्रेशनले शान्ती सुरक्षामा यतिबेला प्रहरी अब्बल मानिएको छ।’

निवर्तमान बारका अध्यक्ष खड्काको निधन

‘खड्का आफ्नो व्यवसायप्रति सधैं इमान्दार र लगनशील थिए,’ बार इकाई अध्यक्ष उत्तम पौडेलले भने, ‘इलामले एक कुशल, कतव्र्यनिष्ठ, असल कानुन व्यवसायी र बौद्धि व्यक्ति गुुमाएको छ।’

अदालतबाट सजाय भएका फरार दुई जना पक्राउ

जबरजस्ती करणी मुद्दामा ८ वर्ष ५ महिना ९ दिन भुक्तान गर्न बाँकी भइ फरार रहेका रोल्पा नगरपालिका वडा नं. ९ ह्वामा बस्ने सुकुम भन्ने जितेन्द्र रानामगरलाई प्रहरीले मिति २०७९ कार्तिक २ गते पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा पक्राउ

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ।

सर्वोच्च अदालत दशैँमा ११ देखि ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत बडा दशैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला हुने भएकाे छ।

प्रस्तावित न्यायाधीश सुनुवाइविनै नियुक्त हुँदै

सर्वोच्च अदालतको न्यायाधीशका लागि न्यायपरिषद्बाट प्रस्तावित तीनजनाको नाम संसदीय सुनुवाइ नभई अनुमोदन हुने भएको छ।

सभामुख र उपसभामुखको कार्यकालका विषयमा कारण माग

सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालको विषयमा परेको रिट निवेदनमाथि आइतबार कारण देखाऊ आदेश जारी गरेको छ।

आइतबार नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ हुने

'आज धेरै मुद्दा भएको हुनाले रिटको सुनुवाइ हुन सकेन', उनले भने, 'अब पर्सि (आइतबार) रिटमाथिको सुनुवाइ हुनेछ।'

जनताको धरौटी पनि छाड्दैन सरकार

धरौटी रकम सोझै सरकारको राजस्व खातामा, सरकारवादी विचाराधीन मुद्दामा प्रतिवादीले जितेपछि धरौटी रकम फिर्ता पाउन सकस

जबर्जस्ती करणी र लागुऔषध मुद्दामा दुई वृद्ध पक्राउ

धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वता गाउँ बस्ने ५७ वर्षीय पल्ट मण्डल धानुक र सबैला नगरपालिका–२ का ६३ वर्षीय अशेश्वर पुर्वेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

देउवाले ओलीतर्फ इंकित गर्दै भनेः संसद पनि परमादेशबाट आएकाले सँगै बसेर काम गर्ने मौका दियो

‘हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ। यो संसद नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ। धेरै ठूला ठूला विधेयकहरु पास गर्न सकिदैनथ्यो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महशुस गरेको छु।’

साना सूचकलाई बलियो बनाउनुपर्छ

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले विकासका लागि अर्थतन्त्रका स–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्