coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साना सूचकलाई बलियो बनाउनुपर्छ

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले विकासका लागि अर्थतन्त्रका स–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन्।  

न्यायाधीश सिन्हाले नेपालले खुला अर्थतन्त्र नीति अवलम्बन गरेको स्मरण गराउँदै देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राखे।  

अर्थतन्त्रका स–साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यक औंल्याए।  

नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अबको युग आर्थिक युग भएको भन्दै अर्थतन्त्र भित्र निकै कानुनी जटिलता रहेको बताए।  

नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक पत्रकारलाई साताव्यापी व्यावसायिक कानुन सम्बन्धी तालिम आयोजना गरेको थियो।

यसमा बैंक तथा वित्तीय कानून, विदेशीलगानी, अन्तर्राष्ट्रिय व्यापार, बीमा, वित्तीय कारोबार तथा करार, कर, बौद्धिक सम्पत्ति, मिडियासम्बन्धी कानून, सार्वजनिक खरिद कानून, कर्पोरेट, धितोपत्र बजारसँग सम्बन्धित ऐनका बारेमा विभिन्न वरिष्ठ अधिवक्ताले तालिम दिएका छन्।

प्रकाशित: २८ भाद्र २०७९ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App