१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

निवर्तमान बारका अध्यक्ष खड्काको निधन

नेपाल बार एसोसिएसन उच्च अदालत इलाम इकाईका निवर्तमान अध्यक्ष अधिवक्ता वीरबहादुर खड्काको निधन भएको छ। कलेजोसम्बन्धी रोगबाट ग्रसित ४९ वर्षीय खड्काको सोमबार बिहान साढे १ बजे काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारक्रममा निधन भएको हो।  

२२ वर्षयता कानुन व्यवसायमा क्रियाशील खड्का बारको पार्षद, उपाध्यक्ष हुँदै २०७७ देखि २०७९ सालसम्म इलाम इकाईको अध्यक्ष भएका थिए। ‘खड्का आफ्नो व्यवसायप्रति सधैं इमान्दार र लगनशील थिए,’ बार इकाई अध्यक्ष उत्तम पौडेलले भने, ‘इलामले एक कुशल, कतव्र्यनिष्ठ, असल कानुन व्यवसायी र बौद्धि व्यक्ति गुुमाएको छ।’

खड्का इलामस्थित मानवअधिकार मञ्च नेपालका उपाध्यक्षसमेत थिए। लामो समयदेखि मानवअधिकार क्षेत्रमा क्रियाशील खड्का मञ्चसँग २०५६ सालयता आबद्ध भइ क्रियाशील रहेको मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए।  ‘खड्काको निधनले जिल्लालाई नै क्षति पुगेको महसुस भएको छ,’ विश्वकर्माले भने। खड्काको सोमबार काठमाडौंमै अन्त्येष्टि गरिइको छ। उनका पत्नी र १ छोरी छन्।  

प्रकाशित: १४ कार्तिक २०७९ १२:३२ सोमबार

नेपाल बार एसोसिएसन उच्च अदालत इलाम