coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

अभिनेता शाहले गराए नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

अभिनेता पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार शुक्रबार जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका हुन्।

अभिनेता शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्दा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको थियो। तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ। यसअघि एक गायिकाले दुवै ठाउँमा शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

प्रकाशित: २५ कार्तिक २०७९ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App