coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अदालतको शाैचालय भत्काएर भागेका हत्या आरोपी पक्राउ

जिल्ला अदालत बर्दियामा बयान गर्न लैजाने क्रममा फरार भएका कर्तव्य ज्यान मुद्दा अभियुक्क्तलाई प्रहरीले पक्राउ गरेको छ।

ठाकुरबाबा नगरपालिका-८ बस्ने अजिब बुढाक्षेत्रीलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको हो। ठाकुरबाबा ८ बस्ने ६९ वर्षीय जोरे थापालाई गडसा प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले क्षेत्रीलाई ७ वर्षअघि पक्राउँ गरेपनि अदालतमा शौचालय जाने भन्दै आरोपीत क्षेत्री झुक्काएर फरार भएका थिए।

२०७२ फागुन ५ गते राति घरमा सुतिरहेका थापालाई गडसा प्रहार गर्दा घटनास्थलमा ज्यान गएपछि  प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा रहेका क्षेत्री प्रहरीको हिरासतमा रहेको २५औँ दिनमा अदालतको शौचालयको भेन्टिलेसन भत्काएर फरार क्षेत्रीलाई प्रहरीले खोज तलास तीव्र पारेपनि पक्राउ गर्न प्रहरी असफल भएको थियो। तत्कालीन प्रहरी उपरीक्षक भोजजंग शाहको नेतृत्वमा रहेको प्रहरीले खाजी गर्दा भारतीय जंगल प्रयोग गरी भाग्न सफल भएपछि लामो समय भारतका विभिन्न शहरमा बस्दै आएका थिए।

प्रहरीको लापरवाहीका कारण कर्तव्य ज्यान मुद्दाका आरोपीत क्षेत्री फरार भएपछि एक वर्ष कार्यकाल रहेको प्रहरी उपरीक्षक शाहको समय नपुग्दै गृह मन्त्रालय सरुवा गरेको थियो। फरार अपराधी पक्राउ गर्ने रणनीतिक योजना अख्तियार गरेर प्रहरी परिचालन गरेपछि लुकिछिपी घर आएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल प्रहरी प्रमुख बिरेन्द्रबहादुर शाहीले जानकारी दिए।

क्षेत्रीलाई पक्राउ गर्न सफल भएपछि सुरक्षित महसुस गरेको स्थानीयले प्रतिक्रिया दिएका छन्। ‘कुख्यात अपराधी प्रहरीको नियन्त्रणबाट फरार हुँदा संशकित भएका थियौं’ उनले भने, ‘प्रहरीले पक्राउ गर्न सफल भएपछि सुरक्षित महशुस भएको छ।’ पछिल्लो समय दुई दर्जन फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

जिल्ला प्रहरी कार्यालयले रणनीतिक योजना अख्तियार गरेर प्रहरी परिचालन गरेपछि अपराध नियन्त्रणका लागि उदाहरणीय काम गर्न प्रहरीको टिम सफल भएको प्रहरी प्रमुख शाहीले बताए। ‘भारतीय सीमा क्षेत्र र निकुञ्ज जोडिएका जंगलका कारण हुन अपराध रोक्न योजना अनुरुप प्रहरी परिचालन गरिएको छ’ प्रहरी प्रमुख शाहीले भने,‘स्वीप, एम्बुस र स्वीपिङ जस्ता अप्रेशनले शान्ती सुरक्षामा यतिबेला प्रहरी अब्बल मानिएको छ।’

भारतीय सीमा क्षेत्र र संरक्षित वन जस्ता प्राकृतिक सम्पदालाई गलत फाइदा उठाउने गिरोह निस्तेज पार्न प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख शाहीले दाबी गरे। २०७३ पुष २४ गते जिल्ला अदालतले गरेको आदेशले कर्तव्य ज्यान मुद्दामा क्षेत्रीलाई १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दा समेतमा गरी ३० वर्ष कैद सजाय तोकिएको छ।  

प्रकाशित: २२ कार्तिक २०७९ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App