१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सर्वोच्चको पूर्ण पाठ नआउँदै चौधरीलाई माफी प्रक्रिया सुरु

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै रेशम चौधरीलगायतलाई जन्मकैद ठहर गरेको साता बित्न नपाउँदै सरकारले माफी दिने प्रक्रिया सुरु गरेको हो। गणतन्त्र दिवसको निहुँमा चौधरीको सजाय मिनाहाका लागि गृह मन्त्रालयले राष्ट्रपतिकहाँ फाइल पुर्याएको छ।

रविविरुद्ध फेरि मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपका लागि अदालत लगिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने भएको छ। आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ।

बुढानीलकण्ठ सवारी दुर्घटना: पृथ्वी मल्ललाई चार वर्ष कैद

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै बुढानीलकण्ठ सवारी दुर्घटनाका दोषी पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय र ४० हजार रूपैयाँ जरिवाना ठहर गरेको छ।

सरकारले ल्यायो सजाय छुट दिने निर्देशिका

कसुर लागेका व्यक्तिले कसुर स्विकारेर अनुसन्धान अधिकृतसमक्ष प्रमाण जुटाउन सहयोग गरे सजायमा छुट दिने मागदाबी लिन सकिने व्यवस्था निर्देशिकामा गरिएको छ।

सन्दीपको मुद्दा पेशी आज

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको छ।तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन्।

सर्वोच्चले माग्यो रविले अमेरिकी राहदानी त्यागेका प्रमाण

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ।

‘लडाकु’लाई दुई/दुई लाख नदिन अल्पकालीन आदेश

सर्वोच्च अदालतले तत्कालीन विद्रोही माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रूपैयाँ राहतस्वरूप उपलब्ध गराउने भनी सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन आदेश जारी गरेको छ।

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।

पूर्वलडाकूलाई २ लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

रायमाझीलाई आज अदालत उपस्थित गराईँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राति पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदै छ।

२०७४ को निर्वाचन मुद्दा बल्ल खारेज

सर्वोच्च अदालतले निर्वाचन आयोगविरुद्ध २०७४ सालदेखि विचाराधीन रहेका रिट निवेदन बुधबार खारेज गरेको छ।

अझै अन्योलमा चौधरीको रिहाइ

टीकापुर घटनाको दिन रेशम बर्दियाको सदरमुकाम गुलरियामा थिए। टीकापुरमा अप्रत्यााशित घटना घटेको खबर फोनमा पाएका रेशम गुलरियाबाटै मोटरसाइकलमा भारत प्रवेश गरेको तथ्य बाहिरिएको हो।

बालकृष्ण खाँणलाई आजै अदालत लैजाने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्