१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।

‘प्रहरीलाई पूर्ण अनुसन्धानका लागि पनि केही समय चाहिने नै भयो। त्यसैले सक्दो चाँडो भ्याउन भनेका छौं। मुद्दा सुरु भएको ५७औं दिनमा त उहाँहरूले प्रतिवेदन दिनैपर्छ,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेले भने, ‘अहिले उहाँहरूलाई केही दिन लिएर अनुसन्धान टुंग्याउन भनेका छौं।’ सरकारी वकिल कार्यालयले ६०औं दिनमा अभियोजन भ्याएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।

यसअघि आइतबार सरकारी वकिल कार्यालयले मंगलबारसम्म अनुसन्धान सकाएर बुधबार प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिएको थियो। जसमा प्रहरी अनुसन्धान पूर्ण हुने सम्भावना नदेखिएपछि सरकारी वकिल कार्यालयले प्रहरीलाई दिएको निर्देशन केही खुकुलो पारिदिएको छ।

यो प्रकरणअन्तर्गत गत चैत १२ गते ठगी गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेको थियो। सुरुमा ‘ठगीसम्बन्धी कसुर’मा अनुसन्धान गर्नेगरी प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो। पछि विस्तारै गिरोहमा संलग्नहरूको संख्या थपिँदै गएपछि ‘संगठित अपराधसम्बन्धी कसुर’मा अनुसन्धान गर्न अनुमति मागेको थियो, जसमा जिल्ला अदालत सहमत भयो।

संगठित अपराधसम्बन्धी कसुर, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन राखेर अनुसन्धान गर्न सकिने हदम्याद तोकेको छ। यस प्रकरणमा पहिला पक्राउ परेको गत चैत १२ गतेको दिनलाई आधार मानेर ६० दिनको हदम्याद कायम गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

यो प्रकरणमा धेरै व्यक्ति सहभागि भएको, कसुरका घटना पनि धेरै देखिएको र प्रचलित कानुनअनुसार थुप्रै कसुरहरू आकर्षित हुने भएकाले सरकारी वकिल कार्यालयलाई पनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन गर्न समय लाग्ने अवस्था रहेको सहन्यायाधिवक्ता नेउपानेले बताए। उनले भने, ‘सामान्यतया अन्य संगठित अपराधका घटनामा प्रहरीले ५७औं दिनमा प्रतिवेदन बुझाउँदा तीन दिनमा हामीलाई अध्ययन गरेर अभियोजन गर्न समस्या हुन्न। यसमा (शरणार्थी प्रकरण)मा हामीलाई धेरै समय चाहिने अवस्था छ।’

संगठित अपराधसम्बन्धी कसुर, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन राखेर अनुसन्धान गर्न सकिने हदम्याद तोकेको छ।

सरकारी वकिल कार्यालयले अभियोजनका लागि अदालतबाट थप समय माग्ने वा पछि पूरक अभियोजन गर्नेसम्मका विकल्पमा पनि तयारी गरिरहेको छ। ‘प्रहरी अनुसन्धान त यो समयभित्र टुंग्याउनैपर्छ। बरु हामी पूरक अभियोजनबाट पनि कसुरदारलाई कानुनी दायरामा ल्याउनेगरी तयारी गरिरहेका छौं,’ नेउपानेले भने।

१३ जनाको बयान सकियो, शेर्पाको बाँकी

नक्कली शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान चलिरहँदा सरकारी वकिल कार्यालयले पनि आफ्नो काम थालिसकेको छ। सरकारी वकिल कार्यालयले प्रकरणअन्तर्गत पक्राउ परेका १३ जनाको बयानसमेत लिएको छ। १२ जनाको सकिएको छ भने नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको मंगलबार अबेर रातिसम्म बयान चलिरहेको हो। सहन्यायाधिवक्ता नेउपानेका अनुसार दिउँसो साढे ११ बजेबाट चलिरहेको उनको बयान राति नै सक्नेगरी काम भइरहेको थियो। यसअघि सोमबार केही समय बयान लिए पनि खाणले आफू बिरामी भएको भनेपछि बयान स्थगित गरिएको थियो।

यस्तै सोमबार प्रहरीकहाँ आत्मसमर्पण गरेका संविधान सभा सदस्य एवं कांग्रेस नेता आङटावा शेर्पाको बयान पनि बाँकी नै छ। ‘उहाँको भोलि(बुधबार) बिहान लिने तयारीमा छौं,’ सहन्यायाधिवक्ता नेउपानेले भने। सोमबारै सरकारी वकिल कार्यालयले नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको झन्डै ६ घण्टा लामो बयान लिएको थियो। हिरासतमा रहेका बाँकी ११ जनाको बयान भने पहिल्यै लिइसकिएको थियो।

सोमबारै सरकारी वकिल कार्यालयले नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको झन्डै ६ घण्टा लामो बयान लिएको थियो। हिरासतमा रहेका बाँकी ११ जनाको बयान भने पहिल्यै लिइसकिएको थियो।

यही प्रकरणमा अझैं ९ जनाको पक्राउ पुर्जी जारी भएर फरार रहेको स्रोतले बताएको छ। जसमध्ये एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र थापा गृहमन्त्री रहँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईका छोरा निरज राई पनि छन्। इन्द्रजित भने प्रहरी हिरासतमा छन्। अनुसन्धान अवधिमै प्रहरीले फरार आरोपितहरूलाई पनि पक्राउ गरेर बयान लिई अनुसन्धान गर्ने प्रयास गरिरहेको छ। पक्राउ नपरेका अवस्थामा भने प्राप्त प्रमाणका आधारमा अभियोजन गरेर फरार अभियुक्तका रूपमा प्रस्तुत गर्ने तयारी छ।

बुधबार म्याद सकिँदै

प्रहरी हिरासतमा रहेका १४ जना सबैको अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दिएको म्याद सकिँदै छ। सोमबार प्रहरीमा आत्मसमर्पण गरेका संविधानसभा सदस्य शेर्पाको पनि बुधबारसम्मकै म्याद थपिएको छ। ‘बुधबार सबैको थपिएको म्याद सकिँदै छ। प्रहरीले आफ्नो अनुसन्धानको प्रगतिसहितको राय लिएर सबैलाई उपस्थित गराउने कार्यक्रम छ,’ सहन्यायाधिवक्ता नेउपानेले भने, ‘त्यसपछि कति समय थप माग्ने वा थप माग्ने कि नमाग्ने भन्ने विषयमा निर्णय हुन्छ।’ उनका अनुसार सबैको म्याद थपेर अनुसन्धान केही दिन अझै चल्नसक्ने सम्भावना छ।

प्रकाशित: ३ जेष्ठ २०८० ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App