अशोक स्तम्भ नजिकै फेला परे प्राचीन भग्नावशेष
तौलिहवा– जितपुर डबल लेन सडक बनाउने क्रममा जिल्लाको निग्लिहवा गाबिस स्थित निगालीकोटमा रहेको प्राचिन अशोक स्तम्भ नजिकै प्राचिन भग्नावशेष फेला परेको छ। शुक्रवार राति सडक निर्माण क्रममा डोजरले माटो खन्दा प्राचिन ईटाका देवाल आकारमा भग्नावशेष फेला परेको हो।