२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

दबाबमा विराटनगर किङ्स, १० ओभरमा आधा टिम पेभेलियन फर्कियो

लुम्बिनी लायन्सले दिएको १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्स ब्याटिङमा चुकेको छ।

इनिङ्सको आधा समय सकिँदा विराटनगरले ५ विकेट गुमाएर ५८ रन मात्र जोड्न सकेको छ।

सुरुवाती पावर प्लेमै ३ विकेट गुमाएर संकटमा परेको विराटनगरलाई साम हेजलेटले केही सम्हाल्ने प्रयास गरेका थिए। तर, १० औं ओभरको अन्तिम बलमा हेजलेट पनि आउट भएपछि विराटनगर चरम दबाबमा परेको हो।

टोलीका लागि सर्वाधिक ३४ रन बनाएका हेजलेटलाई जेजे स्मितले १० औं ओभरमा आउट गराए। यसअघि मार्टिन गप्टिल (२), फाफ डु प्लेसिस (३), लोकेश बम (०) र शंकर राना (७) सस्तैमा पेभेलियन फर्किसकेका छन्।

लुम्बिनीका बलरहरुले खेलमा पूर्ण नियन्त्रण जमाएका छन्। रुबेन ट्रम्पेलम्यानले २ विकेट लिएका छन् भने शेर मल्ल, तिलक भण्डारी र जेजे स्मितले १–१ विकेट लिएका छन्।

प्रकाशित: २५ मंसिर २०८२ १८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App