२० आश्विन २०८१ आइतबार
image/svg+xml

मलाई धम्क्याउनेसँग मेरै क्षेत्रका राजनीतिक व्यक्तिको कनेक्सन छः सांसद लिङ्देन

झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्क्याउन आफ्नै क्षेत्रको राजनीतिक व्यक्तिको संलग्नता भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देनलाई केही दिनअघि ‘५० लाख दे, नभए मार्दिन्छु’ भन्दै निरन्तर मोबाइलमा धम्की आएको थियो। पैसाका लागि मात्रै कसैले धम्की दिएको हुनसक्छ भन्ने आशंका भइरहेका बेला सांसद लिङ्देनले झापामा पत्रकार सम्मेलन गर्दै झापाकै एक जना अपाराधिक व्यक्ति र आफ्ना क्षेत्रका राजनीतिक व्यक्तिको पनि संलग्नता भएको दाबी गरे।

‘फकाउँछन्, लोभ्याउँछन्, नभए धम्की दिन्छन्’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ‘नागरिक फ्रन्टलाइन’ को प्रत्यक्ष कुराकानीका लागि गत माघ १६ गते बेलुका ७ बजे हाम्रो कमलादीस्थित स्टुडियोमा सजिलै आउने वचन दिए। उनी साढे ६ बजे नै आइपुगे। सँगै चिया खायौं। गफ ग-यौं। अन्तर्वार्ताअघि मेकअप गर्नुपर्ने थियो। त्यसका निम्ति पनि उनी सजिलै तयार भए।

मन्त्रीलाई तह लगाउने धम्की

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको विषयमा छानबीन सुरु भएको छ।

धम्काएर रकम उठाएको अभियोगमा एक पक्राउ

व्यवसायीहरुलाई धम्काएर रकम उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

डा. केसीसँगकाे सम्झौता नमान्ने त्रिवि पदाधिकारीको धम्की

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले आफूहरुलाई कारबाही हुने भएपछि डा. गोविन्द केसीसँग भएको सरकारी सम्झौता नमान्ने धम्की दिएका छन्।

पूर्वसांसद खतिवडालाई गणेश थापाको धम्की

विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन्।

नागरिककर्मी शाहीलाई वडाध्यक्षको ज्यान मार्ने धम्की

रास्कोट नगरपालिका वडा नम्बर १ र २ का वडाध्यक्षले नागरिक दैनिकका संवाददाता पवित्रकुमार शाहीलाई ज्यान मार्ने धम्की दिएका छन्।

व्यवसायीको सिन्डिकेट धम्की

यातायात सेवालाई भरपर्दो, विश्वसनीय बनाउन सिन्डिकेट र मिलेमतो प्रणालीको अन्त्य गर्न यातायात व्यवस्थापन नीति ल्याउने भन्दै प्रदेश–४ सरकारले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदा यातायात व्यवसायी भने सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन घोषणा गर्दै थिए।

सिन्डिकेट कायमै राख्न आन्दोलनको धम्की

सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ।

मयुरसँग प्रतिस्पर्धामा उत्रिन नसकेपछि आन्दोलनको धम्की

काठमाडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई अरनिको राजमार्गमा चल्न नदिन कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन्।

विद्यार्थीलाई धम्कीपूर्ण कारबाही नगर्न प्रधानमन्त्रीको आग्रह

अष्ट्रेलियाली प्रधानमन्त्री मालकोम टर्नबुलले अष्ट्रेलियाका सबै विद्यालयका प्राचार्यहरुलाई विद्यालयका छात्रछात्राहरुलाई शिक्षणका क्रममा कुनै पनि धम्कीपुर्ण कारबाही नगर्न आग्रह गरेका छन्।

दीपिकालाई धम्की, रणवीरले यसरी गरे सामना

संजयलिला भन्सालीको फिल्म ‘पद्मावत’ तमाम विरोधका बाबजुद रिलिज भयो र सफल पनि रह्यो।  रिलिज हुनुभन्दा अघि धेरै महिनासम्म फिल्मले करणी सेना र राजपूत समाजको तर्फबाट धम्की तथा विरोधको सामना ग-यो। तर समयसँगै करणी सेना तथा राजपूत समाजले फिल्मले आफ्नो समुदायको गौरव बढाउन सहयोग गरेको भन्दै फिल्ममा लगाएको प्रतिबन्ध फुकुवा ग-यो।

ज्यान मार्ने धम्की दिने ३ जना पक्राउ

युवतीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिन्धुपोल्चोकबाट ३ जनालाई पक्राउ गरेको छ । सुर्खेत क्याम्पस (शिक्षा) मा अध्ययनरत युवतीलाई २ महिनायता फोन गरेर अस्लील गाली गर्ने, ज्यान मार्ने धम्की दिने, परिवारलाई गाली गर्ने गरेको आरोपमा जाजरकोटका ३ जना युवालाई सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरिएको हो।

‘पद्मावती’मा रोक नलगाए आत्मदाह गर्ने धम्की

‘पद्मावत’को नामबाट प्रदर्शनको अनुमति पाएको सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’लाई रोक लगाउन महिलाहरुले माग गरेका छन्। नाम परिवर्तन र ५ संशोधनका बाबजुद प्रदर्शनको तयारीमा रहेको फिल्मको विरोध अझै रोकिएको छैन्। यसैक्रममा चित्तौडगढका महिलाहरुले बैठक गरेर सरकारले फिल्मको प्रदर्शनमा रोक नलगाए आत्मदाह गर्ने धम्की दिएका छन्।

निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाए र सोधे, ‘हलो, को बोल्नुभयो ?’ उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्रै सुने । फोन काटियो । बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्