१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘पद्मावती’मा रोक नलगाए आत्मदाह गर्ने धम्की

मुम्बई – ‘पद्मावत’को नामबाट प्रदर्शनको अनुमति पाएको सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’लाई रोक लगाउन महिलाहरुले माग गरेका छन्।

नाम परिवर्तन र ५ संशोधनका बाबजुद प्रदर्शनको तयारीमा रहेको फिल्मको विरोध अझै रोकिएको छैन्। यसैक्रममा चित्तौडगढका महिलाहरुले बैठक गरेर सरकारले फिल्मको प्रदर्शनमा रोक नलगाए आत्मदाह गर्ने धम्की दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार चित्तौडगढमा आइतबार आयोजित ५ सय जना उपस्थित बैठकले फिल्मको विरोध गर्दै कडा संघर्षमा उत्रिने निर्णय गरेको छ। उच्च घरानाका सयभन्दा बढी महिला सहभागी बैठकमा फिल्ममा रोक नलगाए आत्मदाह गर्ने धम्की उनीहरुले दिएका थिए।

इतिहासको तोडमोड गरेको भन्दै सुरुदेखि नै विरोधमा उत्रिएको राजपूत करणी सेनाका प्रवक्ता वीरेन्द्र सिंहले १७ जनवरीमा पुरै चित्तौडगढमा राष्ट्रिय राजमार्ग र रेल्वे मार्ग जाम गर्ने कार्यक्रम रहेको बताए।

सेन्सर बोर्डबाट अनुमति पाएको ‘पद्मावती’ जनवरी २५ मा रिलिज हुँदैछ। यो फिल्मलाई राजस्थान सरकारले प्रदर्शनमा रोक लगाउने निर्णय गरिसकेको छ।

प्रकाशित: ३० पुस २०७४ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App