२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की

उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिएका थिए।

आयल निगम जग्गा खरिद घोटाला प्रकरणमा सांसदलाई धम्की

नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने सांसदले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएका छन् । घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दै आएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन् ।

आयल अनियमिततापछि धम्की

भ्रष्टाचारका प्रमाण पाउन सजिलो छैन। त्यसमा पनि ठूलो धनराशि जोडिएका अनियमिततामा रहेको मिलेमतो र चलखेलमा राज्यका प्रभावशाली व्यक्तिहरूकै संलग्नता हुनेहुँदा सकेसम्म त्यसलाई लुकाउन सबैतिरबाट प्रयास हुन्छ तैपनि किनमेलमा देखिएको संलग्नता, त्यसको पृष्ठभूमि र संलग्न व्यक्तिहरूका आधारमा अनियमितता भएको वा हुन लागेको जानकारीमा आउँछ।

आयल अनियमिततापछि धम्की

निगमको जग्गा खरिदमा आफूले थोरै रकम बुझेर लिखतमा धेरै रकम समावेश भएको थाहा पाएर विक्रेताले मुख खोल्न थालेपछि काठमाडौंका फोन नम्बरबाट र स्थानीय स्तरमा समेत धम्की जान थालेको छ । यसका लागि सम्बन्धित जिल्लामा एजेन्टसमेत खटाइएको पाइएको छ ।

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती आइएफजेद्वारा भत्सर्ना

अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले नागरिककर्मी दिलिप पौडेललाइ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको धम्कीको भत्सर्ना गरेको छ।

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती महासंघद्वारा निन्दा

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई धम्की दिएको घटनामा नेपाल पत्रकार महासंघले निन्दा गरेको छ।

आयल निगमका निर्देशक खड्काद्वारा नागरिककर्मी पौडेललाई धम्की

नेपाल आयल निगमको जग्गा खरिदमा करोडौं अनियमितताको आरोप लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकका संवाददाता दिलीप पौडेललाई धम्की दिएका छन् । संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरीदमा अनियमितता भएकोले कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि खड्काले आफ्नो करिअर सिध्याइदिएको भन्दै धम्की दिएका हुन् ।

नागरिककर्मी घिमिरेलार्इ धम्की

नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर नागरिककर्मी शिवहरि घिमिरेलाई ज्यान मार्ने धम्की आएको छ । दक्षिण ललितपुरका सामुदायिक वनमा भइरहेको काठ तस्करी र फडानी गरिरहेकोबारे नागरिक दैनिकमा ‘सामुदायिक वनमा जथाभावी फडानी’ भन्ने शीर्षकमा  वैशाख १८ गते समाचार प्रकाशित भएको थियो ।

मानव तस्करको धम्कीलाई गम्भीरतापूर्वक लिन पत्रकार महासंघलाई आग्रह

प्रवासको नेपाली पत्रकारितालाई प्रभावकारी बनाउन युएईमा अन्तर्किया सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस तथा नयाँ वर्ष २०७४ सालको अवसरमा नेपाल पत्रकार महासंघ युएई शाखाले शुक्रबार दुबईमा शुभकामना आदान प्रधान तथा अन्तर्किया कार्यक्रम गरेको हो।

भार्डेलाई मार्ने धम्की

इङ्ल्यान्ड तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डेले प्रशिक्षक क्लाउडियो रिनेरीको बर्खास्तगीको दोष लगाउँदै आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।

पत्रकारलाई ज्यान मार्ने धम्की

सिरहास्थित नयाँ पत्रिका दैनिकका समाचारदाता दिलीप सिंहलाई एक निजी विद्यालयका प्रिन्सिपलले ज्यानमार्ने धम्की दिएका छन्। आफूलाई एसइई परीक्षामा चिट चोराउने नक्कली निरीक्षक पक्राउ परेको सामाचार सम्प्रेशन गरेकै कारण देव आइडिअल इङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल मुरारी प्रसाद साहले धम्की दिएको सिंहले बताए।

सरकार छाड्ने निधीको धम्की

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषदको वरियताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

फेसबुकमा धम्की दिनेलाई दुई बर्ष जेल

क्याम्बोडियाको स्थानीय एक अदालतले शुक्रबार एकजना २७ वर्षीय युवकलाई दुई वर्षको कारावासको सजायँ सुनाएको छ।

निःशुल्क भिसा/टिकट कार्यान्वयन गर्न खोज्दा धम्की आयोः मन्त्री गुरुङ

श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकारेका छन्।

अमेरिकालाई इरानको धम्की : प्रतिबन्धको जवाफ मिसाइलले दिन्छौं

इरानको रेभुलेसनरी गार्डका एक वरिष्ठ कमाण्डरले दुस्मनले देशलाई केही गरे इरानी मिसाइल दुस्मनमाथि खसालिने बताएका छन्। एयरस्पेस डिभिजनका प्रमुख जनरल आमिर अली हाजीजादेले भने, ‘यदि दुस्मन सही बाटोमा हिँड्दैन भने हाम्रो मिसाइल उमाथि खस्नेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्