६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकालाई इरानको धम्की : प्रतिबन्धको जवाफ मिसाइलले दिन्छौं

तेहेरान—  इरानको रेभुलेसनरी गार्डका एक वरिष्ठ कमाण्डरले दुस्मनले देशलाई केही गरे इरानी मिसाइल दुस्मनमाथि खसालिने बताएका छन्। एयरस्पेस डिभिजनका प्रमुख जनरल आमिर अली हाजीजादेले भने, ‘यदि दुस्मन सही बाटोमा हिँड्दैन भने हाम्रो मिसाइल उमाथि खस्नेछ।’

‘यदि दुस्मन सही बाटोमा हिँड्दैन भने हाम्रो मिसाइल उमाथि खस्नेछ।’

हाजीजादेको यो भनाइ मिसाइल तथा राडार प्रणालीको परीक्षणप्रति लक्ष्यित रोभुलेसनरी गार्डको सैन्य अभ्यासका दौरान आएको हो।

यो अभ्यासमा इरानले आफ्नै देशमा निर्माण गरेको राडार, मिसाइल तथा साइबर युद्धक प्रविधि सहभागी गराइएको छ। एउटा वेबसाइटमा इरानले प्रकाशित गरेको मिसाइलको सूचिमा ७५ किलोमिटरसम्म प्रहार गर्न सक्ने हतियार अभ्यासमा रहेको उल्लेख छ।

अमेरिकी प्रतिबन्धपछि अाक्रोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यम दूरीको ब्यालेष्टिक मिसाइलको परीक्षण तथा यमनका विद्रोहीहरुलाई समर्थन गरेको भन्दै शुक्रबार इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ। यमनका विद्रोहीले हालै साउदी अरबको एक युद्धपोतलाई निसाना बनाएका थिए।

‘अमेरिकाको नयाँ कदमको जवाफमा इरानले यो क्षेत्रमा आतंकवादी संगठनलाई मद्दत गर्ने अमेरिकी भूमिकाको लागि केही अमेरिकी नागरिक तथा कम्पनीमाथि कानुनी सीमा लागू गर्नेछ’, इरानी विदेश मन्त्रालयले भनेको छ।

प्रकाशित: २३ माघ २०७३ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App