१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

गौरवका आयोजनाको विकास खर्च निराशाजनक

मुलुकका बजेट धेरै पाउने १० ठूला मन्त्रालयमध्ये स्वास्थ्य, खानेपानी, वन र संघीय मामिलाले गत वर्षभन्दा धेरै पुँजीगत बजेट खर्च गरेका छन् भने भौतिक, कृषि, पर्यटन, सहरी विकास र शिक्षा मन्त्रालयले कम गरेका छन्।

मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए। मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ।

बूढीगण्डकी आयोजना अलपत्रः अर्थमन्त्री जनार्दन शर्मा गेजुबाकै पक्षमा

राजनीतिक दलहरूका आआफ्नै स्वार्थका कारण मुलुकका लागि महत्त्वपूर्ण मानिएको १२ सय मेगावाटको जलायशयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण अलपत्र बनेको छ।

चुनावी तालमेल रणनीति तय गर्दै गठबन्धन

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको चार दलका शीर्ष नेताको बैठकमा गठबन्धनलाई कायमै राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ।

लगानी जुटाउन नसक्दा रोकियो विद्युत आयोजना

दैलेखमा निर्माण भइरहेको २.१५ मेगावाटको अपर पराजुली जलविद्युत आयोजना लगानी अभावमा अलपत्र परेको छ।

मेलम्चीको आधा गेग्य्रान हटाइयो

कार्यकारी निर्देशक पौड्यालले निर्माण कम्पनीले विभिन्न ठाउँमा ग्रेगान हटाउने कामलाई तिव्र गतिमा अघि बढाइरहेको बताए। ‘गेग्य्रान हटाउने क्रममा कहिलेकहीँ ठूला खालका ढुंगा भेटिएसँगै कामको गति केही ढिला हुन्छ,’ उनले भने, ‘ठूला–ठूला ढुंगा भेटिनेबित्तिकै ब्लाष्टिङ गर्नुपर्ने भएकाले केही समस्या भइरहेको छ।’ कार्यकारी निर्देशक पौड्याल ढुंगा नभेटिँदा गेग्य्रान सफा गर्ने काम छिटो हुने र ढुंगा भेटिँदा ढिलो हुने गरेको बताउँछन्।

गौरवका सडक आयोजनाको प्रगति निराशाजनक

सरकारले चालु आर्थिक वर्षमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी आयोजनाको लागि १ अर्ब ६२ करोड रूपैयाँ विनियोजन गरेको थियो। गत साउनदेखि पुससम्मको ६ महिनामा ५० प्रतिशत अर्थात ८२ करोड रूपैयाँ मात्रै खर्च भएको छ।

कछुवा गतिमा भेरी बबई सिँचाइ आयोजना

सुरुमा आयोजनाको निर्माण सम्पन्न गर्ने भनिएको समय सकिन लाग्दा भौतिक प्रगति ५२ प्रतिशत मात्रैमा सीमित छ ।

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन्।

राजस्वतर्फ वार्षिक लक्ष्यको ५३ प्रतिशत संकलन: सात महिनाको पुँजीगत खर्च ६३ अर्ब

सरकारले चालु आर्थिक वर्षको सात महिनामा पूर्वाधारलक्षित पुँजीगत बजेटको १६.८७ प्रतिशत मात्रै खर्च गरेको छ। यसले आर्थिक वर्षको सात महिना बित्दा पनि सरकारी अधिकारी र निकायहरू आफैंले बनाएको योजना अनुसार काम गर्न असफल रहेको देखाएको छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुल्दै

आजदेखि परीक्षणका लागि एक सातासम्म यान्त्रिक उडान हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी बुद्ध पूर्णिमाको दिन (२०७९ जेठ २) देखि व्यावसायिक उडान।

रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य तीव्र

आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ। भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए।

राष्ट्रिय गौरवमा सिँचाइको प्रगति कमजोर

जनताले करको रूपमा तिरेको अर्बौं रूपैयाँ खर्च हुने आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएका निकाय र अधिकारीले कर्तव्यनिष्ठ नहुँदा एकातिर आयोजनाको लागत दोब्बरभन्दा माथि जाने गरेका छन् भने आम जनता विकासको प्रतिफलबाट वञ्चित भइरहेका छन्।

तनहुँ जलविद्युत् आयोजनाः सुक्खायाममा विद्युत् आपूर्तिमा सहज

ऋषिङ गाउँपालिका–१ झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट सुक्खायाममा विद्युत् आपूर्तिमा सहज हुने भएको छ।

गठबन्धन सरकारको मन्त्री र नेताद्वारा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नेतृत्व सरकारका तीन जना मन्त्री र सरकारमा सहभागी बनेका दलका नेताहरू सहभागी टोलीले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल टाँगिया बस्तीको निरीक्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्