१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन्। इस्लामावाद र ओटावास्थित नेपाली राजदूतावासमा सामूहिकरुपमा राष्ट्रिय गान गाएर प्रारम्भ गरिएका ती कार्यक्रममा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गरेका ज्ञात/अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

स्तानका लागि नेपाली राजदूत तापस अधिकारी र क्यानाडास्थित नेपालका राजदूत भृगु ढुङ्गानाले नेपालमा नागरिक हक, अधिकार प्राप्त भएको एवम् प्रजातन्त्रको प्रवद्र्धन गर्ने जिम्मेवारी समेत नेपाली जनतामा आएको दिनको स्मरण गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीले नागरिक शासनको मर्मलाई आत्मसात गर्दै मुलुक निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सङ्कल्प गर्ने दिन हो भनिएको ओटावा र इस्लामावादस्थित नेपाली दूतावासले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर आज जनाएका हुन्।

राजदूत अधिकारीले नेपाल–पाकिस्तान सम्बन्धलाई पारस्परिक लाभका खातिर अझ प्रगाढ तुल्याउन आफू क्रियाशील रहेको बताएका थिए। राजदूत ढुङ्गानाले आर्थिक कूटनीतका माध्यमबाट मातृभूमि नेपालको सामाजिक–आर्थिक रुपान्तरणमा सघाउन हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे। उनले गैरआवासीय नेपालीलाई आफूले सिकेका सीप र ज्ञान नेपालको समृद्धिका निम्ति उपयोग गर्न आह्वान पनि गरे।

पाकिस्तानमा नेपाली समुदायका तर्फबाट डा ठाकुरप्रसाद तिवारीले आफ्नो मन्तव्य राखेका थिए भने क्यानाडामा गैरआवासीय नेपाली सङ्घका महासचिव अनुप सुवेदीले प्रजातान्त्रिक मूल्यमान्यताको प्रवद्र्धनबाटै उन्नत समाज निर्माणमा योगदान पुग्ने बताए। रासस

प्रकाशित: ८ फाल्गुन २०७८ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App