७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको हो।

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते, तयारी सुरु

निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ।

नाम मात्रको निर्वाचन अधिकृत!

आर्थिक कार्यविधिमार्फत जबर्जस्ती घुसाइएका नियन्त्रणमुखी प्रावधान संशोधन नभएसम्म संविधान र ऐनले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव हुँदैन।

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पूरा

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग मतदान केन्द्र कायम गरिएको र मतदान केन्द्रमा अधिकृतसहित १६ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा

निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र वाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस

सत्तासीन दलका नेताले राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउँदै आएका छन्। यसैकारण राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि उनीहरूले गठबन्धन गरेका हुन्।

'गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरिएको छ। पाँच दलीय गठबन्धनले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका उम्मेद्वारहरुको जित सुनिश्चित रहेको दाबी गरेको हो।

राष्ट्रियसभा निर्वाचनः प्रचण्डले पाँचजनाको नामावली टुङ्गो लगाए

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ।

सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए: कोमल वली

उनले सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप समेत लगाईन्। उनले प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्ने बताईन्।

विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गरौँः सांसद गुरुङ

राष्ट्रियसभा सदस्य परशु राम मेघी गुरुङले विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गर्नुपर्ने बताएका छन्।

संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउँ: सांसद विमला राई

‘जबसम्म संक्रमणकालीन न्यायको मुद्दा टुंगिदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिएको मानिँदैन। र हामीले विश्व सामु गौरव गर्ने ठाउँ पनि छैन। त्यसले गर्दा यदि कानूनमा कमी छ भने कानून संशोधन गर्न लिएर आउनुस्। हामी कानून संशोधन गरौँ। कानूनमा संशोधन गरेर यो कुरालाई टुंग्याउँ,' उनले भनिन्, 'अर्को चुनावमा जानुभन्दा अगाडी संक्रमणकालीन न्यायको मुद्दा टुंगियोस् भनेर मैले सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु।’

वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुन नहुनेः रामनारायण बिडारी

‘संवैधानिक आयोग अपांग भयो। अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो। मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो,' उनले भने,'संसदको गरिमा पनि घट्यो। अदालतको आलोचना हुन थाल्यो। प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो। संवैधानिक अंगहरु निष्प्रभावि भयो। संविधान विरोधीहरु खुसी भए। नेपाल विरोधीहरु नाच्न थाले। यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले।’

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान

निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको उनले बताए। मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरू दाङ आउने क्रम जारी रहेको कुँवरले जानकारी दिए। यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्