coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गरौँः सांसद गुरुङ

राष्ट्रियसभा सदस्य परशु राम मेघी गुरुङले विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गर्नुपर्ने बताएका छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य गुरुङले विकास निर्माणको कामको बजेट पूर्णरुपले सदुपयोग गर्नुपर्ने भन्दै सो कुरा बताएका हुन्।

उनले विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता हुने गरेको भन्दै छानविनका लागि संसदीय समिति बनाउनुपर्ने पनि बताए।

सदस्य गुरुङले विकास निर्माणको काममा ढिलासुस्ती हुने गरेको बताउँदै समयमै आयोजना सम्पन्न नहुने र समय थप्दै जाँदा आर्थि व्ययभार पनि बढ्दै जाने गरेको उल्लेख गरे। उनले विकास निर्माणमा भएका काम कारबाहीहरुको प्रगति हेर्न विभिन्न ऐन, नियम र संयन्त्र भएपनि प्रभावकारी काम गर्न नसकेकाले राष्ट्रिय सभाले सर्वदलीय समिति बनाउनुपर्नेमा जोड दिए।  

‘१५ औँ राष्ट्रिय योजनाले तयार गरेको डकुमेन्ट छन्, विकासका नीतिहरु छन्, कार्यक्रमहरु छन्। वार्षिक कार्यक्रमहरु छन्। ति सबै कुराको अनुगमन, मूल्यांकन गर्नको लागि अब राष्ट्रिय सभाको तर्फबाट सबै राजनीतिक दलहरुको सहभागितामा एउटा विशेष समितिको निर्माण गरौँ,' उनले भने, 'त्यो विशेष समितिले आर्थिक वर्षको ३ महिनाभित्रमा विगत वर्षको सम्पूर्ण कुराहरुको अध्ययन, अनुगमन, मूल्यांकन गरेर, त्यसलाई यो राष्ट्रिय सभामा प्रस्तुत गरेर यहाँ व्यापक त्यसलाई छलफल गरौँ।’

उनले विकास निर्माणको कामको सम्बन्धमा प्रदेश र स्थानीय स्तरमा बेरुजु रकम खरबौँ पुग्न लागेको बताए। ति बेरुजुलाई व्यवस्थापन गर्ने कानूनी प्रवन्धको पनि अभाव भएको भन्दै उनले सरकार र कर्मचारीतन्त्रको कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने जरुरी रहेको बताए।

प्रकाशित: २२ श्रावण २०७८ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App