१६ चैत्र २०८० शुक्रबार
राजनीति

संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउँ: सांसद विमला राई

राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंगो लगाउनुपर्ने बताएका हुन्।  

बृहत शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा समेत द्वन्द्वपीडितले न्याय नपाएको र पीडकको पहिचानसम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिवद्धता पूरा गर्न नसकेको बताइन्। उनले संक्रमणकालीन न्याय नटुंगिए शान्ति प्रक्रिया नै पूरा नहुने भएकाले आगामी चुनावसम्ममा संक्रमणकालीन न्यायलाई टुंग्याउन माग गरिन्।  

‘जबसम्म संक्रमणकालीन न्यायको मुद्दा टुंगिदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिएको मानिँदैन। र हामीले विश्व सामु गौरव गर्ने ठाउँ पनि छैन। त्यसले गर्दा यदि कानूनमा कमी छ भने कानून संशोधन गर्न लिएर आउनुस्। हामी कानून संशोधन गरौँ। कानूनमा संशोधन गरेर यो कुरालाई टुंग्याउँ,' उनले भनिन्, 'अर्को चुनावमा जानुभन्दा अगाडी संक्रमणकालीन न्यायको मुद्दा टुंगियोस् भनेर मैले सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु।’

उनले बृहत शान्ति सम्झौतापछि द्वन्द्वरत पक्ष नै पटक पटक सरकार सञ्चालनमा पुगेको भएपनि यस विषयलाई टुंगोमा पुर्‍याउन नसकेको बताइन्। राजनीतिक दलले चाहेमा तुरुन्तै गर्न सकिने उनको भनाई छ।

प्रकाशित: २२ श्रावण २०७८ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App