१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

मन्त्रिपरिषद्को आजको बैठकले  विभिन्न चार वटा निर्णय गरेको छ।

आज भएको निर्णयमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसङ्ख्याको ०.५ (शून्य दशमलब पाँच) प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने रहेको छ।

त्यसैगरी मन्त्रिपरिषद्ले सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने,सामाजिक समितिबाट पेश भएको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने तथा सामाजिक समितिबाट पेश भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। 

प्रकाशित: ५ पुस २०८० ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App