१९ आश्विन २०८१ शनिबार
image/svg+xml

घर भत्किँदा तीनमहिने शिशुको मृत्यु

अविरल वर्षाका कारण घर भत्किँदा क्वाडी निवासी मनीषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै मृत्यु भएको हो।

कोरोना संक्रमित महिलाकाे कोखबाट स्वस्थ नवजात शिशुकाे जन्म

अचम्मको कुरा कोरोना संक्रमित आमाले आफ्नै कोखबाट जन्म दिएको नवजात शिशुलाई भने कोरोना सक्रमण भएको छैन। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यो साता मात्रै तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन्।

उदयपुरको मातृ–शिशुको स्वास्थ्यस्तर खुम्चदैं

कोभिड कहरलगायत बिभिन्न कारणले उदयपुरमा आमा–बच्चाको स्वास्थ्य अवस्था सुधारको साटो बिग्रंदै गएको छ । अघिल्लो वर्षको तुलनामा ०७६/०७७ मा आमा–बच्चाको स्वास्थ्य अवस्था खुम्चिएको यहाँ सार्वजनिक भएको एक तथ्यांकले देखाएको छ ।

सुत्केरीलाई उपाध्यक्षको कोसेली (अपडेट)

सुत्केरी महिलाको पोषण सुधार्न शिवना गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली कार्यक्रम सुरु गरेको छ । एक हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि उक्त कार्यक्रम संचालन गरेको हो । पोषिला खानेकुरा भएको झोला कोसेलीको रुपमा दिन थालेको हो ।‘पोषिलो आहार शिशुको स्याहार,स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित गाउँपालिकाले कोसेली अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ ।

नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ।

‘आमालाई खाना शिशुलाई नाना’

चौबिसे गाउँपालिकाले ‘आमालाई खाना शिशुलाई नाना’ कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि सो कार्यक्रम सञ्चालन गरेको हो।

विश्वमा हरेक १६ सेकेन्डमा एक मृत शिशुको जन्म, कोभिड–१९ ले स्थिति झन् गम्भीर

विश्वमा हरेक १६ सेकेन्डमा एकजना र एक वर्षमा २० लाख शिशु जन्मँदै मृत अवस्थामा हुने गरेको एक तथ्यांकले देखाएको छ।

तीनमहिने शिशुलाई कोरोना

भक्तपुरको एकजना तीनमहिने शिशुलाई पनि कोरोनो पुष्टी भएको छ । सुर्यविनायक नगरपालिका बालकोटका एकजना ३ महिने शिशुलाई कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कटुजे भक्तपुरले जनाएको छ ।

लकडाउनमा शिशु मृत्युदर बढ्यो

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन अवधिमा स्वास्थ्य संस्थामा हुने शिशुको जन्ममा ५२।४ प्रतिशतले कमी आएको छ। नवजात शिशु मृत्युदर र र मृत शिशु जन्मदर भने बढेको छ। यो अवधिमा गर्भवतीलाई आवश्यक स्वास्थ्य सेवाको गुणस्तरमा पनि ह्रास आएको छ।

काठमाडौंको पेप्सीकोलामा शिशु फालिएको भेटियो, १७ वर्षकी आमा पनि पत्ता लाग्यो

बिहान पौने ७ बजेतिर पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल पछाडि मकैबारीमा जीवितै शिशु फेला पारिएको प्रहरीले जनाएको छ ।

'आमालाई उपमेयरको कोसेली'

मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्न बैतडीको दशरथचन्द नगरपालिकाले हजार दिनका आमालाई कोसेली दिन थालेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत पोषण सुधारको लागि घ्यू, चना, बदाम, काजु, साबुन, झोला लगायतका सामग्री दिन थालेको हो। नगरपालिकाका सबै वडाका करिब ९ सय गर्भवती र हजार दिनेभित्रका आमालाई कोसेली दिन थालिएको उपमेयर मीना चन्दले बताइन्।

दुई वर्षमुनिका बालबालिकाको पोषण स्थितिमा सुधार हुँदै

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दुई वर्षमुनिका बालबालिकाको पोषण स्थितिमा सुधार आएको देखिएको छ । २०७३ सालमा स्थानीय सरकार अस्तित्वमा आएपछि लागू गरिएको शिशु पोषण प्रवर्धन कार्यक्रमका कारण गाउँपालिकामा जन्मेदेखि २३ महिना उमेर समूहका बालबच्चाको पोषण स्थितिमा सुधार आएको हो ।

दुई वर्षमुनिका शिशुलाई गाउँपालिकाको प्रोत्साहन भत्ता

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिको बालबालिकालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ ।

आइसोलेसन कक्षमै जन्मियो शिशु

धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया महिलाले आज बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन् ।

भरतपुरमा कसले फाल्यो सालनालसहितको शिशु सडकमा?

सालनालसहित बेरिएको अवस्थामा आज (बिहीबार) शिशु भेटिएको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्