११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

घर भत्किँदा तीनमहिने शिशुको मृत्यु

दाङमा घर भत्किएर च्यापिँदा एक शिशुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७ क्वाडीमा घर भत्किँदा च्यापिएर तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 अविरल वर्षाका कारण घर भत्किँदा क्वाडी निवासी मनीषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै मृत्यु भएको हो। 

घर भत्कँदा मनीषा र उनकी नौ वर्षीया अर्की छोरी बाटुली घाइते भएका छन्। उनीहरूको राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बिहीबार बिहान उनीहरू भित्रै बसिरहेका बेला घर भत्किएको थियो। 

प्रकाशित: २५ असार २०७८ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App