१९ आश्विन २०८१ शनिबार
image/svg+xml

३ महिने शिशुसहित कपिलवस्तुमा थप १६ जनामा कोरोना

कपिलवस्तुमा ३ महिने शिशुसहित १६ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै जिल्लामा संक्रमितको संख्या ६ सय ७३ पुगेको छ । जिल्लाका मायादेवी गाउँपालिका, शिवराज नगरपालिका र वाणगंगा नगरपालिकामा गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

क्वारेन्टिनमै जन्मियो शिशु

प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् ।

शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु

प्युठान नगरपालिकाले ‘हाम्रा सन्तान हाम्रो भविष्य’ कार्यक्रमअन्तर्गत शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु भएको छ।

क्वारेन्टिनमै जन्मियो शिशु

बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छिन्।

पाल्न नसकेपछि आमाले गरिन् शिशुको हत्या

आफूले जन्माएको सन्तानलाई आफैंले हत्या गर्‍यो भन्दा तपाईलाई पत्यार लाग्छ ? तर भक्तपुरको सूर्यविनायक घलातेंमा यस्तै एउटा दुर्घटना भएको छ । उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने २२ वर्षीया रमिला राईले आफैंले पाएको चार दिने शिशु (छोरी)लाई आफैंले मुखमा कपडा कोच्चिदिएर हत्या गरेकी छन् ।

खोटाङमा ११ महिने शिशुसहित ३ जना होम क्वारेन्टाईनमा, ६ जना क्वारेन्टाईनमा

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिराटनगरबाट गाडी रिजर्भ गरेर आएका ३ जनालाई होम क्वारेन्टाईनमा र ६ जनालाई क्वारेन्टाईनमा राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट अनलाईन सवारी पास लिएर गाउँ आइपुगेका ११ महिने शिशु सहित ९ जनालाई अवस्था हेरेर क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रिएको रातो प्लेट भएको जीपलाई नियन्त्रणमा लिएर चालक तथा यात्रुलाई आईतबारदेखि १४ दिनका लागि क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

क्वारेन्टाइनमै अविवाहित युवतीले जन्माइन् मृत शिशु

छिमेकी जिल्ला उदयपुरबाट आएर ओखलढुंगाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशु जन्माएकी छन्। मोलुङ गाउँपालिकाकै १६ वर्षिया अविवाहित युवतीले क्वारेन्टाइनमै मृत शिशुु जन्माएकी हुन्।

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्।

६ महिनामा १० नवजात शिशुको मृत्यु

जिल्लामा विगत ६ महिनामा १० नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। मातृ तथा नवजात शिशुको स्वास्थ्य सुदृढिकरणका क्षेत्रमा काम गरिरहेको वनहर्ट वल्डवाइडले चालु आर्थिक वर्षको कात्तिकदेखि हालसम्मको अवधिमा एक जना मातृ मृत्यु र १० नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो।

आमालाई खोजिरहेछन् अबोध आँखा

मायो–मेट्रो अस्पतालको नवजात सघन उपचार कक्षको शड्ढया। छ महिनाकी ममताको मुहार पानी परेपछि उघ्रेको आकाजस्तै चहकिलो र शान्त छ। स्वास्थ्यकर्मी बोलेको आवाज सुनेपछि आधा बन्द भएका आँखीभौं भित्रबाट निर्दोष आँखा टिलपिल देखिए।

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ।

तीन शिशुको मृत्यु प्रकरण : सप्तऋषि अस्पतालले लापरबाही गरेको निष्कर्ष

लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही भएको निष्कर्ष निकालेको हो।

सुत्केरीको मृत्यु भएपछी शिशुको बिचल्ली

गत बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाउँकी धनरुपा विश्वकर्माको सुत्केरी हुँदा अत्यधिक रक्तश्राप भएर मृत्यु भयो। उनलाई जिल्ला अस्पताल ठिनी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो। मृत्यु पश्चात अहिले उनको नवजात शिशुको बिचल्ली भएको छ।

कारबाहीमा आलटाल, पीडितको जाहेरी दर्ता भएन

लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न आलटाल भइरहेको पीडित पक्षले बताएको छ। पीडितले दिएको जाहेरी चार दिन बितिसक्दा पनि दर्ता भएको छैन।

सप्तऋषि अस्पतालमाथि छानविनमा किन ढिलाई ?

लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा एकै रात तीन जना शिशु मृत्यु प्रकरण छानविन तथा कारबाहीमा नियामक निकाय उदासिन देखिएको छ। शुक्रबार राती भएको उक्त घटनाबारे जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्