७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६० औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन पुगेका हुन्।

तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा उनले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताए।

तमु ल्होसार कार्यक्रम उद्धघाटन गर्न टुँडिखेल पुगे प्रधानमन्त्री दाहाल

तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रम उद्धघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल टुँडिखेल पुगेका छन्।

विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्।

दाहाललाई शक्ति राष्ट्रहरूको बधाई

लोकतान्त्रिक वाम गठबन्धनबाट बाहिरिएर वाम गठबन्धनसहितको समीकरणबाट आइतबार प्रधानमन्त्री चयन भएका दाहाललाई दुई छिमेकी मुलुक चीन र भारतले आइतबारै बधाई तथा शुभकामना दिएका छन्।

गोरखा २ ‘ख’ मा गठबन्धनलाई सघाउने राप्रपा नेपालका उम्मेदवारको घोषणा

गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा राप्रपा नेपालका उम्मेदवार सफिदिन मियाँले आफ्नो उम्मेदवारी निस्क्रिय रहेको बताएका छन्।

मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्छः दाहाल

'हामीले अब १०/१५ वर्षमा जे अनुभव गरियो। विकासमा भएजस्तो पनि भएको छ, छैन जस्तो पनि भएको छ। त्यो स्थितिको अन्त्य अब सामान्य रुपले हुँदैन। क्रमभंग गरेरै गर्नुपर्दछ। ठूलै धक्का दिएर गर्नुपर्छ भनेर भनिएको छ।’

गोरखामा माओवादी अध्यक्ष प्रचण्ड सहित ५६ जनाको उम्मेदवारी

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

समायोजित सेनाको मागप्रति सकारात्मक छु: अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्।

नेपालमा युद्धले शान्ति ल्याएको छः दाहाल

‘युद्धमा पनि हामी यस्तै थियौँ। अहिले पनि हामी मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ। युद्ध एउटा परिस्थितिको बाध्यता थियो। त्यो बाध्यताको उपज थियो। तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन।'

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा राजनीतिक आग्रह-पूर्वाग्रह नराख्न प्रचण्डको चेतावनी

‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो, सरोकार र चिन्ताको विषय हो। हुनुपर्छ पनि। यो पक्ष, विपक्षको कुरा होइन। पछिल्लो समय मान्य मन्त्रीजीले धेरै नै मिहेनत गरेर कुरा गर्नुभएको छ। मैले सम्माननीय राष्ट्रपतिजीसँग पनि यो विषयमा राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नुपर्छ र यसमा अरु पोलिटिक्स नछिरोस्।'

निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछुः प्रचण्ड

'अब मेरो हैसियतमा राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन अब आर्थिक विकास, आर्थिक समृद्धिको लागि र सामाजिक न्याय र समान्ताका निम्ति समर्पित गर्ने प्रतिबद्धता जनाएको थिएँ। अब चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरु र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाइमा उठाइनेछ। यसमा परिसंघका पदाधिकारीहरुले खेलेको भुमिका धेरै महत्वपूर्ण छ।’

नेकपा फुटाइदिएको भन्दै ऋषि कट्टेलप्रति दाहालको असन्तुष्टि

बिहीबार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका हुन्।

अबको निर्वाचनबाट दलाल पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबको निर्वाचनबाट दलाल पूँजीपति,नोकरसाह पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको बताएका छन्।

भारत भ्रमणमा आरजु राणासँगको भेटलाई षड्यन्त्र बनाएर प्रचार गरियोः प्रचण्ड

‘यो सबै हावा कुरा हो। यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो। त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन। आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो। त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ। यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्