६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अबको निर्वाचनबाट दलाल पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा: अध्यक्ष दाहाल

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबको निर्वाचनबाट दलाल पूँजीपति,नोकरसाह पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको बताएका छन्।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अबको निर्वाचनबाट दलाल पूँजीपति, नोकरसाह पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताएका हुन्।  

निर्वाचनमा दलाल पूँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए।  

उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए। अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताए। देशको शासन प्रणाली पनि शासन देश अनुकुल नभएको उनको दाबी छ। 

प्रकाशित: ९ श्रावण २०७९ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App