७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दाहाललाई शक्ति राष्ट्रहरूको बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई शक्ति राष्ट्रहरूले बधाई तथा शुभकामना दिएका छन्। लोकतान्त्रिक वाम गठबन्धनबाट बाहिरिएर वाम गठबन्धनसहितको समीकरणबाट आइतबार प्रधानमन्त्री चयन भएका दाहाललाई दुई छिमेकी मुलुक चीन र भारतले आइतबारै बधाई तथा शुभकामना दिएका छन्। महाशक्ति राष्ट्रका रूपमा चिनिने अमेरिकाले पनि सोमबार बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।  

दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै नेपालका लागि चिनियाँ दूतावासका प्रवक्ताको आधिकारिक ट्विटर हेन्डलबाट बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। त्यसको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरबाटै दाहाललाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको मित्रता अझ विस्तार गर्न मिलेर काम गर्न तयार रहेको बताएका थिए।  

सोमबार नेपालका लागि अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्र्दै दाहाल र उनको गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि बधाई दिएको छ। साथै दूतावासले दुई पक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका विषयलाई प्रवद्र्धन गर्ने विषयमा अमेरिका नेपालसँगै रहेको जनाएको छ। दूतावासले नेपालको प्रजातन्त्रप्रतिको प्रतिबद्धता विश्वका लागि उदाहरणीय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। दाहाललाई पाकिस्तानलगायत छिमेकी मुलुकका सरकारप्रमुखहरूले पनि प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई तथा शुभकामना दिएका छन्। 

प्रकाशित: १२ पुस २०७९ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App