१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा फुटाइदिएको भन्दै ऋषि कट्टेलप्रति दाहालको असन्तुष्टि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीबार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका हुन्।

अध्यक्ष दाहाल भन्दा अगाडि मन्तव्य राखेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए। सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि गरेका हुन्।

उनले तत्कालीन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताए। उनले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गरे। अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हामलसम्म कार्यान्वयन नभएको बताए।

उनले सो निर्णय कार्यान्वयनका लागि लडाईं गरिरहेको बताए। उनले वर्गयुद्ध जारी रहेको उल्लेख गरे। माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरु भइरहेको भन्दै उनले प्रतिक्रियावादीहरुको बिरुद्धमा आफू संघर्षमा नै रहेको बताए।

प्रकाशित: २३ भाद्र २०७९ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App