गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा राप्रपा नेपालका उम्मेदवार सफिदिन मियाँले आफ्नो उम्मेदवारी निस्क्रिय रहेको बताएका छन्।
शुक्रवार गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा गठबन्धन दलले आयोजना गरेको चुनावी सभामा उनले आफुले गठबन्धन दलका उम्मेदवारलाई सहयोग गर्ने बताउँदै उम्मेदवारी निस्क्रिय रहेको घोषणा गरेका हुन्।
गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे गठबन्धनका उम्मेदवार छन्। गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधि सभाका उम्मेदवार छन्। प्रदेश सभाका उम्मेदवार मियाँ उम्मेदवारी निस्क्रिय रहेको घोषणा सँगै माओवादी केन्द्र प्रवेश गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष दाहाल, गठबन्धनबाट प्रदेश सभा 'ख' का उम्मेदवार पाण्डे लगायतले उक्त कार्यक्रममा संवोधन गरेका थिए।
दाहाल बिहिवारदेखि आफ्नो क्षेत्रमा चुनावी कार्यक्रममा सहभागी छन्।
प्रकाशित: २५ कार्तिक २०७९ ११:४४ शुक्रबार