४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा चोरी

यार्सागुम्बा चोरी गर्न चाेरहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा पुगेका छन् । निकुञ्जले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ ।

अचानक लुरि गुम्बामा

सानो प्वालबाट छिरेको प्रकाशले गुफाको अन्धकार चिर्न सकेको छैन । अत्यासै लाग्ने ! भन्न नसकेर मात्र हो–मुटु ढक्क फुलिसकेको छ । सोच्छु– कस्तो कठोर तपस्या गरेका होलान् ती लामाहरूले यस्तो आकाशे गुफामा बसेर ।

ताप्लेजुङ समाज र कपन बौद्ध गुम्बाले दिए अग्नि पीडितलाई राहत

ताप्लेजुङका अग्नि पीडित परिवारलाई राहत स्वरुप शुक्रबार नगद तथा जिन्सी सामग्री प्रदान गरिएको छ । ताप्लेजुङ समाज नेपाल काठमाडौले नगद तथा नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले जिन्सी सामग्री प्रदान गरेका छन् । एकद्धार प्रणालीमार्फत मात्रै राहत वितरण गर्न पाइने भएकोले दुबै संस्थाले फुङ्लिङ नगरपालिकाको समन्वयमा राहत वितरण गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

यार्सागुम्बा संकलन  प्रतिबन्ध, संकलक मारमा

घरमा रोजगारी कसैको छैन, ११ जनाको परिवार छ, खेतबारीबाट उब्जिएको अन्नले दुई महिना खान पुग्दैन, परिवारको  मुखमा माड हाल्ने भनेकै यार्सागुम्बा संकलन गर्नुबाहेक अरू केही नभएको साइपाल गाउँपालिका–३  का ५४ वर्षीय करन बोहराको भनाइ छ।

आर्थिकोपार्जनको आधार गुम्न थालेपछि सर्वसाधारण चिन्तामा

गत वर्षको अन्तिम महिनादेखि अहिलेसम्म डोल्पाका उच्च हिमाली पाटनहरु हिउँले सेताम्मे छन् । बैशाखको तेस्रो साता लागि सक्दा समेत डोल्पाका यार्सायुक्त पाटनहरुमा हिमपात हुने क्रम जारि नै छ । हिमपातलाई डोल्पालीहरु शुभ साइतको रुपमा लिने गर्छन् ।

विपन्नलाई राहत बाँड्दै सेतो गुम्बा

काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको ड्रुक अमिताभ माउन्टेन ( सेतो गुम्बा ) ले राहत वितरण गरेको छ। नगरपालिकाको वडा नं. ६ मा ३५० विपन्न नागरिकहरुलाई राहत सामग्री वितरण गरेको हो।

कोरोना भाइरसको जोखिमबाट बच्न डोल्पामा यार्सागुम्बा संकलनमा रोक

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्व सतर्कताका लागि हिमाली जिल्ला डोल्पामा यो वर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलनमा रोक लगाइएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाड डोल्पामा शनिबार बसेको सरोकारवलाहरुको बैठकले विषम परिस्थतीका कारण यो वर्षको यार्सागुम्बा संकलनमा रोक लगाएको हो ।

यार्सा टिप्न रोकः राजस्व प्रभावित

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ।

३७ गुम्बा पुननिर्माण रोकियो

भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा भत्किएका गुम्बाहरु पुनर्निर्माण नहुने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्दी्रय कार्यालयले चालु वर्ष ३७ वटा गुम्बा गोरखामा निर्माण गर्ने योजना बनाएको थियो।

स्याउगाले यालबाङ

खादा र धुप किनेर गुम्बाभित्र पस्यौँ हामी। भव्य पूजा भइरहेथ्यो लामाहरूको मन्त्रसँगै। ठूला–ठूला तनक्क तन्केका सुरिला बाजा बजिरहेथे। बालक, किशोर, बैँसे र वृद्ध भिक्षुहरू ध्यानमा मग्न थिए, कतै मन्त्रमा निमग्न थिए, कतै पूजामा लीन थिए।

महाबौद्ध गुम्बाको मूर्ति चोरी

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ। सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिइन्। गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन्।

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

अपि हिमाल गाउँपालिका–४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन्। यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ। मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको हो।

बजेट विनियोजनसँगै गुम्बा पुनर्निर्माणको बाटो खुल्यो

पर्यटकीय गाउँ हेलम्बु, किउल, इचोक, बाँसखर्क, थाङपालकोट, भोताङ, बरुवालगायत हिमाली गाउँमा पुरातात्विक महत्वका दर्जनौं प्राचीन गुम्बा भत्किएका छन्। बजेट छुट्याइएकाले गुम्बाको पहिचान पुनः ब्युँतिने स्थानीयको विश्वास छ।

शेर्पाको स्मृतिमा बन्ने गुम्बा विवादमा

जापानी प्रोफेसर टाङ्गेको गुरुयोजनाअनुसार नेपालसहित विभिन्न १८ देशका विभिन्न संघसंस्थालाई ४२ वटा गुम्बा बनाउन इजाजत दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्