५ आश्विन २०८१ शनिबार
image/svg+xml

सोलुका ५४ गुम्बाको पुनःनिर्माण गरिने

२०७२ साल बैशाख १२ को भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ५४ वटा गुम्बाको पुनःनिर्माण गरिने भएको छ। एक नगरपालिका र ७ गाउँपालिकाका ५४ वटा गुम्बाको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट स्वीकृत गरेपछि पुनःनिर्माणको काम अघि बढ्ने भएको हो।

नयाँ स्वरूपमा घुरुरिम्पोन्छे

घरपझोङ गाउँपालिका–१ छैरोको करिब ७ सय वर्ष पुरानो गुम्बामा रहेको मूर्तिलाई पुनः मर्मत थालिएको छ। दुई सातादेखि मर्मत भइरहेको मूर्तिले नयाँ स्वरूप लिईसकेको छ।

यार्साको चोरी निकासी रोक्न पाटनमै गस्ती

यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ। जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती सुरु गरिएको हो।

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर १ आगरका १९ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका ६ धुमका २२ वर्षीय रमेश चलाउनेको ज्यान गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पाका हिमपाटनहरुमा पुगेका यार्सासंकलकहरुको अकालमा ज्यान जाने क्रम शुरु भएको छ।

डोल्पाका यार्चा पाटनमा अस्थायी मानवबस्ती

विगतका वर्षहरुझै यो वर्ष पनि हिमाली जिल्ला डोल्पाका पाटनहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नेको भिड लागेको छ।

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि  डोल्पाको पाटनमा पुगेकी छिन्।

डोल्पामा धमाधम यार्सागुम्बा चोर पक्राउ

बहुमुल्य जडिबुटी यार्सागुम्बाको भण्डार क्षेत्रको रुपमा रहेको हिमाली जिल्ला डोल्पाबाट यो वर्ष यार्सागुम्बाको अवैध रुपमा चोरी गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन्।

यार्सागुम्बा संकलकबाट तीन तहको कर असुली

यार्सागुम्बा संकलन गर्न लेक पुगेका सर्वसाधारणबाट गाउँपालिका र वडाले तीन तहको कर असुली गर्न थालेका छन्। गाउँपालिका तथा वडाले सिमानाभित्र रहेका यार्सागुम्बा पाइने पाटन तथा लेकमा प्रवेश गर्न गाउँपालिकाभित्रका बासिन्दा, जिल्लाभित्र र बाहिरका संकलकको तीन तह निर्धारण गरी कर असुली गर्न थालेका हुन्। कर असुली गर्नेमा साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुगल नगरपालिका १ र २ वडा छबिसपाथिभेर ७ वडा र दुर्गाथली गाउँपालिका १ वडा रहेका छन्।

यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी

१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए।

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा अवैध रुपमा यार्सागुम्बा संकलन गरिरहेका १३ जना पक्राउ परेका छन्।

यार्सागुम्बा सङ्कलन शुरु हुँदै

जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका–२०७३’ अनुसार जेठ दोस्रो साताबाट सङ्कलन शुरु गरिने भएको हो।

पर्सागढीमा बुद्ध गुम्बा

पर्सागढ़ी नगरपालिका –३ बढ्निहारमा निर्माण हुन लागेको ‘तम्बा छ्योइलिङ्ग गुम्बा’को शुक्रवार शिलान्यास गरिएको छ।

४ महिलासहित २० जना यार्सा तस्कर पक्राउ

उनिहरु यार्सापाटन खुला गर्ने समय अगावै अबैध रुपमा चोरी तस्करी गर्ने उद्येश्यले पाटनमा छिरेको पाइएकाले उनिहरुलाइ पक्राउ गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्